नेपाली समय: ०१:०१:४१ अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

पाइप काटेपछि सडकमै पानी : हिलाम्य सडकले नगरबासी आक्रोशित

निर्माण सञ्चार, १८ भदौ, कर्णाली प्रदेश । स्थानीय सरकार आउनु पहिलेदेखि नगरपालिका भित्रका ४ सडक हिलाम्य थिए । स्थानीय सरकार आइसकेपछि कम्तीमा पनि ग्राभेल होला भन्ने आशा गरेका नगरबासी सडकको दुरावस्था देख्दा अहिले आक्रोशित भएका छन् ।

विशेषगरी चन्दननाथ नगरपालिका ६ हुलाक कार्यालय हुँदै बसपार्क जाने सडक र नेपाल टेलिकम हुदै सिंहाचौर जाने सडकमा अहिले हिड्ने अवस्था छैन् ।

वर्षा संगै ढुंगा बालुवा, सरिया लोड भएका टया्क्टर हिड्ने भएकोले सडक पुरै बिग्रिएको छ । उकालोमा हिलो भएका कारण लोड गाडी चड्न नसक्ने जर्बरजस्त चढाउन खोज्दा सडकनै कुरुप भएको स्थानीय अजविर नेपालीले बताए ।

उनले भने,‘सडक सुधार नभए सम्म लोड गरिएका टयाक्टर नचलाउन माग गरेका हौ । तर जर्वस्ती ल्याउँदा अन्ततः सडक धेरै गहिरोनै भएपछि खानेपानी पाइपनै फुटेको छ। खानेपानी पाइप काटिएपछि हिमाल्य सडक भएको छ ।

आवतजावतमा समेत अप्ठयारो भएको स्थानीय नेपालीको भनाइ छ । पाइप काटिएपछि पुरै पानी सडकमा आउँदा हिलो भएको छ ।

हिलोका कारण सिंहाचौर सम्म कुनै टयाक्टर तथा मोटरसाइकल जाने अवस्था छैन् ।

स्थानीय महिला कल्पना नेपाली भन्छन्,‘पटक पटक सडक सुधार गर्न माग गरेका हौ , नत नगरपालिकाले चासो देखायो, नत वडाअध्यक्षले नै दलित बस्ती भनेकै कारण सडक सुधारमा कसैले चासो देखाएको छैन्।’

दैनिक पानी सडकमा बगिरहेको छ, सडक हिमाल्य छ, आवतजावतमा सकस छ । तरपनि सबै सरोकारवालाको नजर परेको छैन्, खाली स्मार्ट सिटिका खोक्रा भाषणा प्रति पनि नगरबासीको आपत्ति छ ।

यता नगरपालिका मेयर कान्तिका सेजुवाललेसम्बन्धित वडाकार्यालयले सुधार गर्नुपर्ने बताउँछन् ।

झण्डै ५ पाँच सय घधुरी रहेको ४ नम्बर वडामा सिंहाचौर जाने सडक हिड्ने सयौ स्थानीय दैनिक सास्ती खेपिरहेका छन् ।

चाडो सुधार नभए आन्दोलन गर्ने स्थानीयवासीहरु बताउँछन्। यता ४ नम्बर वडाध्यक्ष जगदिश भारती भने चालु आवमा हिलाम्य सडकहरुको सुधार हुने बताए । घर भवन निर्माणका सामाग्री लिँदा सडक बिग्रीएकोले त्यसको सुधारका लागि चाँड नै पहल गरिने उनले बताए।

 

 

000



प्रकाशित: २०७६ भाद्र १८
September 4th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार