नेपाली समय: ०६:५१:२५ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

कति दिने भए स्विट्जरल्यान्ड, नर्वे, बेलायत र इयुले नेपाललाई ?

निर्माण सञ्चार, १८ भदौ, काठमाडौं । प्रदेश र स्थानीय सरकारहरुको क्षमता अभिवृद्धि गर्न भन्दै युरोपेली युनियन (इयु) सहितका ४ राष्ट्रले नेपाललाई अनुदान सहायता उपलब्ध गराउने भएका छन् ।

बुधबार अर्थमन्त्रालयमा अर्थमन्त्री डा युवराज खतिवडासँगको साक्षात्कारमा स्वीट्जरल्याण्ड, नर्वे, बेलायत र इयुले ११ अर्ब ४० करोड रुपियाँ बराबरको अनुदान सहायता उपलब्ध गराउने भएका हुन् । 

अर्थ मन्त्रालयमा यसबारे द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त रकम दुई आर्थिक वर्षभित्र उपलब्ध हुने छ । सम्झौता अनुसार उक्त सहायता रकम जुलाई २०१९–२० देखि जुलाई २०२२–३३ को बीचमा प्राप्त भइसक्ने अर्थले जानकारी दियो ।

केका लागि सहयोग ?

अर्थमन्त्रालय स्रोत अनुसार यो रकम प्रदेश र स्थानीय सरकारहरुको क्षमता अभिवृद्धिमा खर्च गरिने छ । सम्झौता अनुसार उक्त रकम आविष्कार तथा साझेदारी कोष, स्थानीय नीति निर्माण, रणनीति, मापदण्ड, संरचनागत विकास, सूत्र प्रणालीको कार्यान्वयन आदि क्षेत्रमा खर्च हुने छ ।

बुधबार अर्थ मन्त्रालयमा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय विकासका लागि बेलायती सहयोग नियोग (डिएफआइडी) का स्थायी सदस्य म्याथ्यू जन रेक्रफ्ट, नेपालका लागि नर्वेका राजदूत लासी जोहान्सेन र स्वीस राजदूत एलिजाबेथ क्यापलर तथा अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय सहयोग समन्वय महाशाखा प्रमुख तथा सहसचिव श्रीकृष्ण नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

अर्थ मन्त्रालय अनुसार मन्त्रालय र युरोपेली युनियनबीचमा भने अर्काे सम्झौता हुने छ । जुन बाँकी छ । 


०००



प्रकाशित: २०७६ भाद्र १८
September 4th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार