नेपाली समय: १०:५३:१२ राती
वि.सं २०७६ आश्विन ३   शुक्रवार

किन आउँदै छन् चिनियाँ विदेशमन्त्री आइतबार नेपाल ?

निर्माण सञ्चार, १८ भदौ, काठमाडौं । विश्वकै शक्तिशाली राष्ट्रका रुपमा उदाएको चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमणको तयारीका लागि आइतबार चीनका विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने भएका छन् ।

उनको भ्रमण २ दिने हुने भनिएको छ । तर, यसबारे परराष्ट्र मन्त्रालयले औपचारिक पुष्टि गर्न बाँकी रहेको छ ।

अचानक चिनिया विदेशमन्त्रीको नेपाल आगमन धेरैले अनौठो मानिरहे तापनि उनको भ्रमण निकट भविष्यमा हुन सक्ने भनिएको राष्ट्रपति सीको नेपाल भ्रमणको तयारीका लागि केन्द्रित हुने स्रोतको दाबी छ ।

असोजको अन्तिम साता सी भारत भ्रमणमा निस्कने तयारीमा रहेको चिनियाँ समाचारहरुले बताएका छन् । सी सोही क्रममा नेपाल आउने सूत्रहरु बताउँछन् ।

०००



प्रकाशित: २०७६ भाद्र १८
September 4th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार