नेपाली समय: १०:५१:०० राती
वि.सं २०७६ आश्विन ३   शुक्रवार

अमेरिकामा सवारी दुर्घटना : एकै परिवारका तीन नेपालीको मृत्यु

निर्माण सञ्चार, १९ भाद्र, काठमाडौं । अमेरिकामा सवारी दुर्घटनामा परी  एकै परिवारका तीन नेपालीकाे मृत्यु भएको छ।

मिजुरी राज्यमा मंगलबार भएको सवारी दुर्घटनामा परी श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनालको ज्यान गएको छ। कार चालक श्रद्धाका पति प्रभाश ओझा र उनीहरूका ४ वर्षीय छोरा अस्पतालमा छन्।

प्रभाशको अवस्था स्थिर छ भने बालिका अवस्था चिन्ताजनक छ। उनका बुबा(आमा अमेरिका घुम्न नेपालबाट आएका थिए।

प्रभाश आफ्नो टोयोटा आरएभी ४ हाँकेर मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व गइरहेका थिए। उनले गाडी रोकेका बेला पछाडीबाट टोयोटाको पिकअप ट्रकले ठक्कर दिएपछि उनीहरुको ज्यान गएको स्थानीय जोप्लिन प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएको छ।

श्रद्धा र प्रभाश अगाडि सिटमा थिए, अरू पछाडीको सिटमा। गोविन्दलाई घटनास्थलमा, तथा श्रद्धा र आमा शान्तालाई अस्पतालले मृत घोषित गरेको थियो। ओझाको परिवार स्थानीय ब्ल्यु स्प्रिङ्समा बस्दै आएको छ। पछाडीबाट ठोक्काउने गाडीको चालकको नाम सार्वजनिक गरिएको छैन्। घटनाबारे प्रहरी अनुसन्धान गरिरहेको छ।

 

 

000



प्रकाशित: २०७६ भाद्र १९
September 5th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार