नेपाली समय: ०१:०५:२६ अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

कर्णालीमा चन्दा आतंक

निर्माण सञ्चार, १९ भदौ, ०७६,जुम्ला । कर्णाली प्रदेशमा भौगोलिक विकटताले सुरक्षा चुनौती देखिएको छ । कानुन विपरित विभिन्न समुहले चन्दा संकलनको लागि धम्काउने गरेको स्थानीय बताउँछन्।

प्रदेश प्रहरी प्रमुख पुर्णचन्द्र जोशीले कर्णालीमा सुरक्षा चुनौती संगै चन्दा आतंक मौलाएको स्वीकार गरे। पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधिदेखि कर्मचारीहरु चन्दा आतंकबाट आतंकित भएका छन्।

जुम्लाको शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले प्रदेश राजधानी सुर्खेत लगायत १० वटै जिल्लामा चन्दा आतंक मौलाएको बताए।

उनले भने,'पहिला माग्ने, पत्र पठाउने, नदिए फोनमा धम्क्याउने, राती आएर ताला लगाउने जस्ता कार्यले भइरहेको पाइएको छ।' यसलाई न्युनिकरण गर्न प्रहरीले कुन कसर बाँकी नराख्ने उनले बताए ।

राजनीतिक आडमा चन्दा संकलनको आतंक मौलाएको छ। कानुन विपरित चन्दा लिने र दिनेलाई कानुन अनुसार कारबाही हुने उनले बताए।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले कानुन विपरितका काम गर्ने छुट कसैलाई हुँदैन साथै चन्दा संकलन गरेको भेटिए सिधै कारबाही गरिने बताइन् । राजनीति पाटीको आँडमा चन्दा माग्ने जनसभा गर्ने पुरानो शैली अझै कर्णाली देखिएको छ । जुम्लामा विगतको भन्दा लैगिक हिंसा, घरेलु हिंसा घट्दै गएको बताइन्।

सबैको हातेमालो गरि कानुन कार्यान्वयनमा शून्य सहनशीलता अपनाउदै सुरक्षा व्यवस्था मजबुत गरिने उनले बताइन्।सडक संजाल पुगेसंगै, लागूऔषध दुर्व्यसनीको असरमा कर्णालीका हुम्ला र डोल्पा बाहेक सबै जिल्ला परेका छन् ।

हालसम्म कर्णालीमा १२ वटा मानव बेचबिखनका घटना भएका छन् । विप्लव समूह कर्णालीमा सुरक्षा चुनौती हो । तर पनि विशेषगरी लागूऔषध र चन्दा संकलन कर्णालीमा विकराल छ ।

 

 

 

000



प्रकाशित: २०७६ भाद्र १९
September 5th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्