नेपाली समय: १२:५९:५७ राती
वि.सं २०७६ भाद्र ३०   सोमवार

कर्णालीमा क्रान्तिः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै अक्सिजन उत्पादन सुरु !

निर्माण सञ्चार, १९ भदौ, ०७६,जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामै अक्सिजन उत्पादन सुरु भएको छ । नेपालका ६ वटा प्रतिष्ठान मध्य तेस्रो प्रतिष्ठानका रुपमा कर्णाली अस्पतालमै अक्सिजन उत्पादन सुरु भएको हो ।

नेपालको विपि कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विर अस्पताल पछि तेस्रोमै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफ्नै अक्सिजन प्लान्ट स्थापना गरेको प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईले बताए । उनका अनुसार पोखरा, राप्ती र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान मध्ये पहिलो कर्णालीमै अक्सिजन उत्पादन भएको छ ।

मध्यपश्चिममै पहिलो अक्सिजन प्लान्टको उद्घाटन कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले गरे । उनले उद्घाटनका क्रममा अक्सिजन अभावमा सामान्य विरामीको उपचारका लागि जिल्ला बाहिर पठाउनु पर्ने समस्याको अन्त्य भएको बताए । कर्णाली स्वास्थ्य विज्ञानको सेवा पैसा नहुनेका लागि लक्षित हुनुपर्नेमा जोड दिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामै अक्सिजन उत्पादन सुरु भएको छ । नेपालका ६ वटा प्रतिष्ठान मध्य तेस्रो प्रतिष्ठानका रुपमा कर्णाली अस्पतालमै अक्सिजन उत्पादन सुरु भएको हो

पैसा हुनेले अहिले पनि काठमाडाैँ गएर उपचार गर्न सक्छन् । तर प्रतिष्ठान गरिबमुखि हुनुपर्नेमा जोड दिए । कर्णाली अस्पतालले निकट भविष्यमै कर्णालका अन्य जिल्लामा अक्सिजन बेच्ने मन्त्री भण्डारीको दाबी छ । अक्सिजन अभावले ज्यान गुमाउनु पर्ने, महंगो खर्चमा बाहिर जानुपर्ने बाध्यात्मक अवस्थालाई अन्त्य गर्न कर्णाली अस्ताल सफल भएको मन्त्री नरेश भण्डारीको भनाइ छ ।

प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले अक्सिजन अभावमा सामान्य विरामीको उपचार गर्न बाहिर पठाउनु पर्ने बाध्यताको अन्त्य भएको बताए । विगतमा अक्सिजन नभएकै कारणले गर्दा अरु सेवा हुँदा हुँदै पनि पाँच सय बढी विरामीलाई रेफर गर्न बाध्य रहेको उल्लेख गरे । तर हाल २ करोड २० लाखको लागतमा अक्सिजन प्लान्ट खरिद गरिएको छ । झण्डै १ हजार लिटर क्षमता रहेको अक्सिजन प्लान्टले महिनामा ७० देखि ८० सिलिण्डर उत्पादन गर्ने  छ । अहिले दिनमा १० वटा सिलिन्डर उत्पादन गरिहेको छ ।

गत आवको तथ्यांक अनुसार कर्णाली अस्पतालमा २ सय ८६ जनाले निशुल्क सेवा लिएका छन् भने झण्डै ५३ हजार विरामीले प्रतिष्ठानमा उपचार गराएका छन्। त्यस्तै उपचार हुन नसकि ६ सय ७६ जनालाई रेफर गरिएको छ, रेफर हुनेमा अधिकांश बिरामी अक्सिजन अभावकै कारण उपचार हुन नसकेका हुन्।

जुम्लामा दमका विरामी बढी हुने र अक्सिजन नहुदा रेफर गर्नु पर्ने बाध्यता थियो । प्रतिष्ठानले कर्णालीका १० वटै जिल्लामा अहिले विशषज्ञ सेवा सेवा दिदै आएको छ ।

 

 

000



प्रकाशित: २०७६ भाद्र १९
September 5th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्