नेपाली समय: ०६:४८:१९ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

सनराइज बैंककाे शाखा मन्थलीमा बिस्तार

निर्माण सञ्चार, २० भदौ, काठमाडौं । सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्ने क्रममा मान्थलीमा पनि शाखा बिस्तार गरिएकाे छ। बैंकले मन्थलीमा १२२ औं शाखा संचालनमा ल्याएको हाे।

विहिबार आयोजित औपचारिक कार्यक्रमा मन्थली नगरपालिका मेयर रमेशकुमार बस्नेत, सनराइज बैंकका संचालक समितिका सदस्य दीपक नेपाल र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे।

सोहि कार्यक्रममा रमेश कुमार बस्नेत र दीपक नेपालले संयुक्त रुपमा ए.टी. एम. को उद्घाटन गरेका थिए। उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो।

हालसम्म सनराइज बैंकले १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १४२ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरूमा पनि थप शाखाहरुमा संचालन गर्ने योजना रहेको जनाएको छ।

 

 

000



प्रकाशित: २०७६ भाद्र २०
September 6th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार