नेपाली समय: १०:५३:४६ राती
वि.सं २०७६ आश्विन ३   शुक्रवार

वीरगन्ज महानगरपालिका र एडिबी प्रतिनिधि भेटघाटः सिरिसिया र पथलैया कोरिडोरबारे छलफल

निर्माण सञ्चार, २०  भदौ, काठमाडौं । सिरिसियानदी  र वीरगन्ज पथलैया औधोगीक कोरीडोर विकास एवम व्यवस्थापनको बारेमा एशियाली बिकास बैकका प्रतिनिधि र वीरगन्ज महानगरपालिकाका पदाधिकारीबिच छलफल भएको छ ।

सिरिसिया नदी कोरिडोरमा सडक र हरियाली प्रवर्धन गर्नुका साथै नदी व्यवस्थापन बारे महानगर  प्रमुख बिजय कुमार सरावगीको सहभागितामा दुबै पक्षबिच छलफल भएको हो ।

वीरगन्ज पथलैया औधोगीक कोरीडोरमा रहेको सम्भावना तथा सिरिसिया नदीमा बाढीले हुने छती लगायत न्यूनिकरण तथा नदीको व्यवस्थापन बारे छलफल भएको थियो ।

प्रभुख सरावगीले सिरिसिया नदी व्यवस्थापनबारे महानगरपालिकाको संभावित योजनाको बारेमा जानकारी गराउनुका साथै वीरगन्ज पथलैया कारीडोरको नेपालमै रहेको महत्व बारे प्रतिनिधि मन्डललाई जानकारी गराएका थिए ।

छलफलमा  एशियाली विकास बैक प्रतिनिधि मन्डलका क्षती व्यवस्थापन विशेषज्ञ जोन सुटन अर्थशास्त्री जोन स्वाडोन,नेपालका प्रतिनिधि मोतिलाल घीमिरे र रमेश दुलालको सहभागीता रहेको थियो भने वीरगन्ज महानगरपालिकाको तर्फबाट नगर प्रमुख विजय कुमार सरावगी,एडिबि सहयोग योजनाका प्रमुख शैलेन्द्र श्रेष्ठ लगायतका पदाधिकारी बिच छलफल भएको थियो ।

 

 

000



प्रकाशित: २०७६ भाद्र २०
September 6th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार