नेपाली समय: ०५:४८:४७ बिहान
वि.सं २०७६ मंसिर ६   शुक्रवार

सुनको मूल्य घट्योः तोलामा १४ सयले

निर्माण सञ्चार, २० भदौ, काठमाडौं । शुक्रबार सुन तोलामा १४ सय रुपियाँले घटेको छ।आज सुन तोलाको ७२ हजार रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो ।

पछिल्ला दिनमा सुनको मूल्य तलमाथि भइरहेको छ । 

बिहीबार सुन तोलामा १ सय रुपियाँले घटेर ७३ हजार ४ सय रुपियाँमा कारोबार भएको थियो। बुधबार भने १ हजार रुपियाँले बढेर ७३ हजार ५ सय रुपियाँमा किनबेच भएको थियो।

सुनको तुलनामा चाँदीको भाउमा भने सामान्य गिरावट मात्र आएको छ। चाँदी तोलाको ९ सय रुपियाँ रहेको छ । 

एक महिनादेखि सुनको भाउमा उतावचढाव भइरहेको छ।


०००

 



प्रकाशित: २०७६ भाद्र २०
September 6th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार