नेपाली समय: ०६:४९:१३ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

'पुनःनिर्माण जुन गतिमा हुनुपर्ने हो त्यो हुन सकेन'

निर्माण सञ्चार, २१ भाद्र, काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालमा भूकम्पपछिको पुनःनिर्माण जुन गतिमा हुनुपर्ने हो त्यो हुन नसकेकोत बताएका छन्। नेपाल युवक माध्यमिक विद्यालय क्षेत्रपाटीमा पुनःनिर्माण भएको भवनको ‘उद्घाटन तथा हस्तान्तरण समारोह’ मा उनले यस्तो बताएका हुन्।

उनले भने, “सामुदायिक विद्यालय सम्पूर्ण नेपालीको विद्यालय हो, यसको पुनःनिर्माण चाँडो हुनुपर्छ।” उनले पछिल्लो समय सरकार र दाताद्वारा गरिएको पुनःनिर्माणको कार्य सन्तोषजनकरूपमा हुन नसकेको जिकिर गरे।

विश्वका हरेक देशको विकास सामुदायिक विद्यालयमा पढेका विद्यार्थीबाट भएको भन्दै नेपालको सामुदायिक विद्यालयलाई राम्रो बनाउन सरकार लाग्नुपर्ने उनले उल्लेख गरे। अहिले मुलुकमा संस्कृति, सभ्यता सिकाउने नैतिक शिक्षाको खाँचो रहेको उनको भनाइ थियो ।



प्रकाशित: २०७६ भाद्र २१
September 7th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार