नेपाली समय: ०६:४५:३३ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

तपोभूमि बडिमालिकामा केबुलकारको अध्ययन सुरु

काठमाडाैँ - प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडिमालिकामा केबुलकार निर्माणका लागि सम्भावना अध्ययन सुरु गरिएको छ । बडिमालिका नगरपालिकाले केबुलकार निर्माणका लागि छलफल तथा सम्भाव्यता अध्ययन सुरु गरेको बडिमालिकाका नगर प्रमुख पदम बढुवालले जानकारी दिए ।

उनका अनुसार नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ विनियोजन गरेको छ । पूर्वप्रारम्भिक अध्ययनले केबलकारको दूरी ४.८६ किलोमिटर हुनेछ । बडिमालिका १४ हजार फिट उचाईमा रहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

 

 

000



प्रकाशित: २०७६ भाद्र २१
September 7th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार