नेपाली समय: ०६:४९:२७ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

तिलोत्तमा नगरपालिकामा रेल सञ्चालन हुने

रुपन्देही - रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रेल सञ्चालन हुने भएको छ । नगरको चक्रपथमा रेल सञ्चालनका लागि आवश्यक पहल थालिएको छ । नगरपालिका र स्थानीय समुदायको लगानीमा रेल सेवा सञ्चालन गर्ने तयारी गरिएको हो ।

रेल सञ्चालन गर्न ४३ फुट चौडा तिलोत्तममा चक्रपथको १० फुट क्षेत्र रेलमार्गका लागि छुट्याउन नगरपालिकाले पहल गरिरहेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । रेल सेवा वातानुकूलित र अन्तर्राष्ट्रिय मापदण्डको हुने बताइएको छ । यो समाचार गोरखापत्रमा छ ।

 

 

000

 



प्रकाशित: २०७६ भाद्र २१
September 7th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार