नेपाली समय: ०६:४७:४५ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

यो वर्षको दशैंको टीकाको साइत निस्कियोः १० बजेर ३५ मिनेटमा

निर्माण सञ्चार, २२ भदौ, ०७६, काठमाडौं । असोज १२ गते नवरात्र आरम्भ भई २१ गते विजया दशमी परेको यो वर्षको वडा दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा जुरेको छ । पञ्‍चाङ्ग निर्णायक समितिले यो वर्षको दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा जुरेको जनाएको हो ।

उक्त साइत अनुसार विजया दशमीको बिहान उक्त समयमा साइटको टीका प्रसाद ग्रहण गर्नु उत्तम हुने छ । बाँकी दिनभर नै प्रसादका रुपमा टीका ग्रहण गर्न सकिने छ ।

यो वर्षको वडा दशैंको टीका मंगलबार २१ गते असोजमा परेको छ ।

 

 

०००

 



प्रकाशित: २०७६ भाद्र २२
September 8th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार