नेपाली समय: ०६:४९:५७ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

जलवायु परिवर्तनकाे प्रत्यक्ष प्रभाव हिमाली क्षेत्रमा, न्यूनीकरण गर्न २१ बुँदे घाेषणा पत्र जारी

निर्माण सञ्चार, २३ भदौ, जुम्ला । पछिल्लो समय वातावरणलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने गतिविधि हुन थालेपछि हिमाल बचाऔँ अभिायन सुरु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) को तेसो केन्द्रीय बैठकले हिमाल बचाऔँ अभियानलाई प्रथामिकता दिदै २१ बुदे जुम्ला पातारासी घोषणा पत्र जारी गरेको हो।

भदौ २० र २१ गते जुम्लामा चलेको केन्द्रीय बैठकले सामुदायिक वनको माध्यमबाट पर्यापर्यटनमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने लक्ष्य रहेको सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष भारती पाठकले बताइन् ।

अध्यक्ष पाठकले जलवायु परिवर्तनकाे प्रत्यक्ष प्रभाव हिमाली क्षेत्रमा परेकोले हिमाल बचाऔँ अभियानलाई प्रथामिकता दिएको घोषण पत्र जारी गर्न आयोजना गरिएको पत्रकार  सम्मलेनमा बताइन्। उनका अनुसार हिमाल बचाऔँ अभियान पछि सामुदायिक वन उपभोक्ताको सुरक्षाका लागि बीमा सुरक्षाको योजनालाई पनि घोषणा पत्रमा प्रथामिकता दिइएइको छ।

विश्वको सर्वोच्च उचाइमा धान फल्ने पातारासी हिमालको काख छुमचौरलाई पर्यटन वर्ष २०२० लाई सघाउन पनि जुम्लामै केन्द्रीय बैठक बसेको सामुदायिक वन उपभोत्ता समितिका महासचिव विर्ख बहादुर शाहीले बताए । उनका अनुसार नेपालको कुल भुभागको १५ प्रतिशत क्षेत्र हिमालले ओगटेको छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रको कृषि, पर्यटन, उत्पादन र जीवनशैलीमा परेको छ ।

नेपालमा झण्डै २२ हजार सामुदायिक वनबाट करिब १ करोड उपभोत्ता लाभान्वित रहेका छन्। सामुदायिक वनको अवसर, चुनौती, सरकारको को हस्तक्षेप र अगामी रणनीतिका बारेमा दुईदिनको बैठकमा बृहत्त छलफल भएको (फेकोफन) का जुम्ला अध्यक्ष गोर्कण प्रसाद चौलागाईले बताए ।

उनका अनुसार जुम्लामा रहेका करिब २ सय सामुदायिक वनका सदस्य र नेपालका ७७ वटै जिल्लाको प्रतिनिधित्व गरि, हिमाल बचाऔँ अभियानलाई जुम्लाबाटै सुुरुवात गरिएको छ । यस अभियानले कर्णालीका पातारासी, मानसरोवर, चंखेली लगायत सबैको प्रचारका लागि महत्वपुर्ण भूमिका खेल्ने छ ।

 

 

000



प्रकाशित: २०७६ भाद्र २३
September 9th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्