नेपाली समय: ०६:४८:०५ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

कर्णालमै पहिलो पटक जडिबुटी प्रशोधन उद्योग स्थापना

निर्माण सञ्चार, २३ भदौ, जुम्ला  । जुम्लाको पातारासी क्षेत्रका ९० प्रतिशत नागरिक जडिबुटी संकलन तथा व्यवसायमा निर्भर छन् । जडिबुटी संकलनदेखि त्यसको खेती गरेर स्थानीय आर्थिक रुपमा आत्मनिर्भर छन् । जटिबुटी संकलनबाटै जिविका चलाउदै आएका स्थानीयहरुले धेरै पटक प्रशोधन उद्योग स्थापनाको माग गर्दै आएकोमा हाल आएर पुरा भएको छ ।

बहुमुल्य जडिबुटि कुहिएर जाने, मूल्य नपाउने समस्याको मध्यनजर गर्दै जुम्लाको पातारासी २ तल्फीमा कर्णालीकै पहिलो जडिबुटी प्रशोधन उद्योग स्थापना गरिएको छ । करिब २ महिना पहिले स्थापना भएको छन्चरी हाल्ना जडिबुटी प्रशोधन उधोगको शुक्रबार उद्घघाटन गरिएको छ । कर्णाली सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले उदघाटन गरेका हुन् ।

उक्त उद्योगबाट निकै बहुमुल्य (जटामसी, भोजपत्र,सुगन्धवाल, सुनपाती) लगायतको जडिबुटिबाट तेल निकालिन्छ । तल्फीमा रहेको फुर्केसल्ला सामुदायिक वनको सक्रियतामा उधोग स्थापना भएको हो । ९० प्रतिशत स्थानीय जडिबुटी खेतीमा आधारित रहेको पातारासीमा उधोग स्थापनाले त्यहाँ खुसी छाएको छ । उधोग उद्घाटन गर्न जुम्ला पुगेका मन्त्री बुढाले कर्णाली जल जमिन र जडिबुटी जंगलमा धनी भएपनि उचित व्यवस्थापन प्रशोधन र बजारीकरणको अभावले कर्णाली गरिब हुँदै गएका जिकिर गरे।

जडिबुटी प्रशोधन उद्योग स्थापनाले, जुम्लामा मात्र नभई कर्णालीमै पाइने जडिबुटिको बजारीकरणमा कोशे ढुंगा सावित हुने उनको भनाइ छ । जडिबुटी उधोगको निरन्तरता,बृद्धि विकासका लागि प्रदेश सरकारले आवश्यक लगानी गर्ने प्रतिबद्धता उनले गरे । यसअघि जडिबुटीको उचित प्रवद्र्धन तथा बजारीकरण हुन नसक्दा चोरी निकासी हुने, संकलन गरेको जडिबुटी कुहिने जस्ता समस्याको मारमा स्थानिय परेका थिए।

कर्णालीमा उधोग कलकारखाना नभएकै कारण बेरोजगारी बढेको हो । साना लगानीका उधोग स्थापनामा सरकारको प्रथामिकता दिएर समृद्धि नहुने मन्त्री बुढाको दाबी छ । केही वर्ष भित्र पातारासीमा सिमेन्ट कारखाना स्थापनाका लागि डिपिआर तयार गरिने उनले बताए ।

कर्णालीमा १० लाख पर्यटकको लक्ष्य हासिल गर्न सामुदायिक वन संगको सहकार्य बढाउने पनि उनले बताए । १ करोडदेखि तलका साना उद्योगलाई प्रोत्साहन गर्ने, नागरिकलाई व्यवसायीमुखी बनाउनेमा समेत उनले जोड दिए । जुम्लामा बन्द अवस्थामा रहेका उधोगलाई खोल्न सहकार्य गरिने छ । जडिबुटीको संकलन, बजारीकरण, औधोगिकरणका लागि तिनै तहका सरकारको ठोस नीति आवश्क रहेको छ भने व्यवसायी नर्सरी खेती गर्ने किसानलाइ अनुदानको व्यवस्था गरिने मन्त्रीको बुढाले बताए।

प्रतिलिटर ५० हजार

जुम्लामा स्थापना भएको छन्चरी हाल्ना जडिबुटी प्रशोधन उद्योगले हाल जटामसिको तेल उत्पादन गरिरहेको छ । उधोगमा विशेषगरी जटामसि चालिसपत्रे, सुनपाति, देवदयार, सुनपाती लगायत जडिबुटीको तेल उत्पादन हुन्छ । उद्योगका अध्यक्ष पुर्णसिंह बोहोराले भने, प्रतिलिटर कम्तीमा ५० हजार रुपैयमा वित्रि हुन्छ, हाल सम्म १० लिटर जति तेल उत्पादन भएको उल्लेख गरे ।

उत्पादित तेलको निकासीमा समस्या देखिएको र स्थानीय र प्रदेश सरकारले पहल गर्नु पर्ने माग गरेका छन् । जटामसिबाट छारे रोगको निदान हुने र पाँचऔँले प्रेसरको औषधि हुने, चिराईतो भोजपत्रको तेलबाट क्यान्सर निको हुने भएकोले बाहिरी बजारमा माग बढ्दै गएको उधोगका सचिव मुन बहादुर विकले बताए । हाल सम्म १० लिटर बढी तेल बिक्रि भइसकेको छ ।

विकले भने, 'निकासीमा समस्या देखिएको छ । सरोकारवालाको ध्यान छैन्।' हाल झण्डै एक हजार स्थानीय लाभान्वित छन् । संकलन गरिएका जडिबुटि प्रशोधन हुँदा स्थानीयलाई राहात महशुस भएको छ ।

३७ लाख लागत

जडिबुटी उधोग स्थापनाका लागि ३७ लाख बढी लागत लागेको सचिव मुन बहादुर विकले बताए । उनका अनुसार फुर्केसल्ला सामुदायिक वन र हिमाली परियोजनाको सहयोगमा ३७ लाख बराबरको लागतमा उधोग स्थापना भएको हो । उधोग स्थापनाका लागि जग्गा आफ्नै भएकोले खर्च कम लागेको हो। पातारासी २ मा रहेको फुर्केसल्ला सामुदायिक वनको जिम्मेवारीमा उधोग संचालित छ ।

यहाका पाटनमा पाइने, विभिन्न जडिबटी, फुर्केसल्ला सामुदायिक वनको कुल २५ हजार ६ सय हेक्टर जमिनमा जडिबुटीहरु छन् । त्यहाँका गैरकाष्ट वन पैदावारलाई आर्थिकसंग जोड्नका लागि उधोगको भूमिका महोत्वपुर्ण रहने मेयर कान्तिका सेजुवालले बताइन् ।

जडिबुटिमा आधारित पाठ्यत्रम शैक्षिक 

दृष्टिकोणले पछि परेको पातारासी भेडापालन, जडिबुटी कृषि उत्यादनमा अग्रसर रहेको पातारासीका अध्यक्ष लछिमन बोहोराले बताए । उनले भने, फुर्के सल्ला सामुदायिक वनको सक्रियतामा उधोग संचालन भएको हो । जडिबुटीमा आत्मनिर्भर पातारासीलाई औधोगिकरण गर्न राज्यको लगानी अभाव छ । वन जंगल संरक्षणको अभावमा गैर काष्ट वन पैदावार लोप हुँदै गएकोप्रति नागरिकलाई सचेत रहन उनले सुझाए ।

उनले भने, चुन उधोग स्थापना गर्न समेत तयारी छौ । पातारासी गाउँपालिकाले जडिबुटिमा आधारित पाठ्यपुस्तक निर्माण गर्ने समेत बताए । यहाँका विभिन्न जडिबुटी बारे आउने सन्ततीलाई जानकारी दिन व्यवसायमा लाग्न प्रेरणा लिनका लागि पनि पाठ्यत्रम विकास गर्ने योजना रहेको अध्यक्ष बोहोराले बताए । अब पातारासी क्षेत्रका जडिबुटि कुहिएर खेर जाने अबस्थाको अन्त्य उधोगले गरेको छ । सरकारले उधोग स्थापना तथा रोजगारी सृजनाका लागि आबश्यब लगानी गर्न समेत माग गरेका छन् ।



प्रकाशित: २०७६ भाद्र २३
September 9th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्