नेपाली समय: ०६:४४:४८ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

९ महिने सरकार सम्हाल्दा गरेको पारवाहन लगायत सम्झौताको प्रतिफल खोइ त प्रधानमन्त्रीज्यू ?

निर्माण सञ्चार, २३ भदौ, काठमाडौं । आफ्नो अघिल्लो ९ महिने सरकारको नेतृत्व अवधिमा भारतले लगाएको नाका विरुद्ध ‘स्ट्यान्ड’ लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन समयमा अत्यन्त चुनौती मोलेर छिमेकी चीनसँग पारवाहन लगायत सम्झौता गरे, जसका कारण उनको उचाइ नेपाली राजनीतिमा ‘राजनेता’ कै रुपमा उठ्यो ।

तर, सम्झौता भएपछि वागमतीमा धेरै पानी बगिसकेको छ, सम्झौता अनुरुप नेपालले लिनु पर्ने फाइदा लिन नसकेको आलोचना भइरहेकै बेला विश्वकै शक्तिशाली राष्ट्र चीनका विदेश मन्त्रीसँग उनको आज वान टु वान भेटवार्ता भएको छ ।

त्यसपछि नेपलले तीन तहका चुनावहरु गर्यो । दुई तिहाइ निकट बाम शक्ति सरकारको प्रधानमन्त्री छन् यतिबेला उनी । 

चीनको सहयोगमा नाकाहरु पूर्णरुपमा सञ्चालनदेखि केरुङ काठमाडौं रेलवेसम्मका भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेखनीय प्रगति गर्ने सपना उक्त सम्झौताले देखाएको थियो ।

सरकार प्रमुख समेत आफै भएका बेला चिनियाँ उच्च तहको अधिकारीसँग उनको भेटवार्ता भएको छ । 

उनले पहिले गरेका सम्झौता र सहमतिबारे अब के गर्नेवाला छन् भन्ने आम जनताको आम चासोको विषय बनेको छ यतिबेला ।
जतिबेला उनी चिनियाँ विदेशी मन्त्री वाङ यीसँग भेटवार्तामा छन् ।

०००

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रम ओली र वाङ बीच ‘वान टु वान’ वार्ता भएको हो ।

उक्त भेटवार्तामा द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको स्रोतको दाबी छ । प्रधानमन्त्री ओलीले पारवाहन लगायत चिनियाँ पक्षसँग भएको सहमति अनुसारको पूर्वाधार विकासबारे पनि कुरा गरेका थिए भने चिनिया पक्षबाट ‘बेल्ट एन्ड रोड’बारे पनि कुरा गरिएको स्रोत बताउँछ ।
०००

समकक्षी प्रदीपकुमार ज्ञवालीसँग भेटवार्ता गरेलगत्तै मन्त्री यीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।  

परराष्ट्रमन्त्री ज्ञवालीसँग मन्त्री यीको याक एन्ड यति होटलमा औपचारिक भेटवार्ता भएको थियो ।

भेटका क्रममा दुई पक्षीय हित, आपसी सम्बन्ध र चासोका विषयमा छलफल भएको थियो । भेटक्रममा नेपाल र चीनबीच विभिन्न ३ वटा समझदारीपत्रमा हस्ताक्षर समेत भएका छन् ।


सम्झौता अनुसार चीनले नेपालको दुर्गम जिल्ला मनाङमा ३५ करोड रुपियाँ सहयोगमा अस्पताल बनाउने, आपतकालीन राहतका लागि ३ हजार टेन्ट उपलब्ध गराउने, चिनियाँ स्वयं सेवक शिक्षकहरु नेपाल आउनेसम्बन्धी रहेका छन् ।

आजै साँझ चिनियाँ विदेशमन्त्रीको सम्मानमा परराष्ट्रमन्त्री ज्ञवालीले रात्रिभोजको आयोजना गरेका छन् । उनी रात्री भोजमा सरिक हुँदै छन् ।

चिनियाँ विदेशमन्त्री यीको आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।


०००

पढौं यी पनि

 



प्रकाशित: २०७६ भाद्र २३
September 9th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार