नेपाली समय: ०६:५२:२३ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

जनता बैंकद्वारा मन्दिरको स्तरोन्नतीको लागि डेढ लाख सहयाेग

निर्माण सञ्चार, २४ भदौ, काठमाडौं । जनता बैंकले नागभुषण महादेव मन्दिरको स्तरोन्नतीको लागि सहयाेग स्वरू नगद प्रदान गरेको छ । बैंकले नागार्जुन न.पा. वडा न. १, रानीवनस्थित उक्त मन्दिरको भौतिक संरचना सुधारको लागी १ लाख ५० हजार रूपियाँ सहयोग प्रदान गरेको हो ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले नागभुषण महादेव मन्दिर संरक्षण तथा सामुदायिक संस्थाका अध्यक्ष विष्णु कुमारी सिंखडालाई साेमबार उक्त रकमको चेक हस्तान्तरण गरे ।

ईचंगुनारायण जग्गा एकिकरण आयोजनाभित्र करिव १.५ रोपनी क्षेत्रफलमा कलात्मक नागभुषण महादेव मन्दिर र करिव दुई सय जना क्षमताको सत्संग भजनपाटी निर्माण गरिएको छ ।उक्त मन्दिर परिसरको थप भौतिक संरचना सुधार र निर्माणको लागि सहयोग स्वरुप संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको हो ।

जनता बैंकले हाल मुलुक भरमा १४२ शाखा ५० शाखारहित बैकिंङ १०८ एटिएम ३ एक्स्टेन्सन काउण्टर र १ सीमित बैकिङ इकाईमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।



प्रकाशित: २०७६ भाद्र २४
September 10th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार