नेपाली समय: ०६:४८:५८ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

पाइप लाइनबाट पेट्रोलियम पदार्थ भित्रिएपछि घट्यो मूल्य, के-को कति घट्यो?

निर्माण सञ्चार, २४ भदौ, काठमाडौं । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको पाइप लाइन परियोजनाको नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हैदराबादबाट एकैसाथ स्वीच थिचेर बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको उद्घाटन गरेपछि पेट्रोलियम पदार्थको मूल्य घटेको छ। 

नेपाल आयल निगमका अनुसार पाइप लाइनबाट पेट्रोलियम पदार्थ भित्रिएपछि डिजेल÷मट्टितेल र पेट्रोलको मूल्य घटाइएको छ ।

मंगलबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल÷मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई÷दुई रुपैयाँ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। मूल्य घटेसँगै प्रतिलिटर डिजेल÷मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ ।

निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्रयाउँदै छ । पाइपलाइनाबाट इन्धन भित्रयाउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ ।



प्रकाशित: २०७६ भाद्र २४
September 10th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार