नेपाली समय: ०६:४७:०६ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

‘एसियाली मुलुकले विश्वकै अर्थतन्त्र योगदानमा टेवा दिएको छ’

निर्माण सञ्चार, २४ भदौ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको पूँजी बजारको दायरा बढदै गएको बताएका छन्।

मंगलबारबाट काठमाडौंमा सुरु भएको एशीया प्यासिफिक सेन्ट्रल सेक्युरिटिज डिपोजिटरी ग्रुप’ को २३ औं वार्षिक साधारणसभालाई काठमाडौंमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

पूँजी बजारको दायरा बढदै गएपछि त्यसको निर्वाध विकासका लागि सरकारले प्रविधिको विकासमा जोड दिएको उनले बताए।

अर्थमन्त्री खतिवडाले सरकारले पूँजी बजारकै हितका लागि उत्पादनमूलक क्षेत्रमा बाह्य लगानी भित्र्याउन जोड दिनु परेको पनि स्पष्ट पारे।

त्यस्तै अर्थमन्त्री खतिवडाले एशियाली राष्ट्रहरु गरिवी निवारणको अभियानमा अग्र स्थानमा रहेको समेत बताए। अर्थमन्त्री खतिवडाले पूँजी बजारको विस्तारको गतिलाई अझै बढाउँदै लगेर एशियाली राष्ट्रहरुले विश्वमै गरिवी निवारणको अभियानमा अझै अग्रणी भूमिका निर्वाह गर्न सक्ने बताए।

अर्थमन्त्री खतिवडाले एशियाली राष्ट्रहरुले विश्वकै अर्थतन्त्रलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान दिन सक्ने दावी गरे।

 

 

 

000



प्रकाशित: २०७६ भाद्र २४
September 10th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार