नेपाली समय: ०६:४९:०८ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

बरङ्जा सडक खण्डकाे स्तरोन्नति सम्पन्न, तीन ठाउँमा खुल्यो नयाँ ट्रयाक

निर्माण सञ्चार, २४ भदौ, काठमाडौं ।  १० किलोमिटर बरङ्जा कृषि सडकको स्तरोन्नति सम्पन्न भएको छ । म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभीर–बगरफाँट–सुर्केमेला–बरङ्जा हुँदै अर्मनको किमचौर जो्डेने उक्त सडकको स्तरोन्नति सम्पन्न भएको हो ।

एक दशकअघि विसं २०६३ मा ‘ट्र्याक’ मात्रै खोलिएको सडकलाई भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय म्याग्दीले ४८ लाख ५० हजार विनियोजन गरेको थियो।

तर त्यति बजेटले नपुगेपछि स्थानीय जनसहभागिताबाट रु चार लाख ९५ हजार रूपियाँ संकलन गरी सडक निर्माणको कार्य सकाइएको हो।

कूल ५३ लाखको लागतमा उक्त सडक फराकिलो बनाउने, जमीनमा ढलान गर्ने र तीन ठाउँमा नयाँ ‘ट्र्याक’ खोल्ने काम भएको उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए ।

उनका अनुसार उक्त सडक खण्ड अन्तर्गत नयाँ पुलमा एक सय मिटर, बाहुनडाँडामा ६५० मिटर र थामडाँडामा एक सय मिटर नयाँ ट्र्याक खोलिएको हो । सडकको मापदण्डअनुसार नै निर्माण भएको यस सडक पश्चिम म्याग्दीको विकासका लागि कोशेढुङ्गा सावित हुने स्थानीयवासीले बताएका छन् ।

बेनी नगरपालिका– २ बगरफाँट हुँदै पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म जोड्ने सडकको रुपमा यस सडकलाई विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष गुरुङले जानकारी दिए।

 

 

 

000



प्रकाशित: २०७६ भाद्र २४
September 10th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार