नेपाली समय: ०६:४३:०४ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

वामदेव गौतमलाई पनि डेंगु

निर्माण सञ्चार, २४ भदौ, काठमाडौं । सत्तारुढ दल  नेकपाका नेता वामदेव गौतमलाई पनि डेंगुको संक्रमण देखिएको छ । नेता गौतमलाई डेंगु ज्वरो देखिएको अस्पताल स्रोतले जनाएको छ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल स्रोतका अनुसार नेता गौतमलाई सामान्य डेंगुको ज्वरो देखिएको हो।

शनिबार नेता गौतमलाई सामान्य ज्वरो आएको थियो। ज्वरो कम नभएपछि उनले सोमबार टेकु अस्पतालमा स्वास्थ्य परीक्षणसँगै अन्य परीक्षण गराएका थिए।

यसअघि कृषि मन्त्री चक्रपाणी खनाललाई पनि डेंगुको देखिएको थियो। हालसम्म मुलुकका विभिन्न जिल्लामा गरी ७० हजारभन्दा बढीलाई डेंगुको संक्रमण देखिएको छ।

 

 

 

000



प्रकाशित: २०७६ भाद्र २४
September 10th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार