नेपाली समय: ०६:०७:४३ बिहान
वि.सं २०७६ मंसिर ६   शुक्रवार

‘बामदेव कमरेडलाई लागेको रुघा हो, तर हल्ला डेंगुको फैलाइयो’

निर्माण सञ्चार, २४ भदौ, काठमाडौं । सत्तारुढ दल  नेकपाका नेता वामदेव गौतमलाई डेंगुको संक्रमण भएको हल्ला निराधार रहेको बताइएको छ। नेता गौतमलाई डेंगुको संक्रमण नभएर सामान्य रुघाखोकी लागेको उनका स्वकीय सचिव दीपक टमाटाले बताए।

उनका अनुसार सामाजिक सन्जाल र विभिन्न संचारमाध्यममा समाचारमा आएजस्तो डेङ्गुको संक्रमण भएको छैन। उनले भने, 'रुघाखोकी हो, तर हल्ला डेंगुको फैलाइयो,याे हल्ला निराधार हाे।'

सिद्ध पोली पथ ल्याबका अनुसार डेंगुबारेको रिपोर्टमा ‘नेगेटिभ’ रहेको देखिएको छ । सचिवालय अनुसार यतिबेला नेता गौतम आराम गर्दै रुघाको उपचार गराइरहेका छन्

 

 

000



प्रकाशित: २०७६ भाद्र २४
September 10th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार