नेपाली समय: ०६:५२:०८ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

कृषि सम्भावनालाई पर्यटनसंग जोड्न सरोकारवालाको जोड

निर्माण सञ्चार, २५ भदौ, जुम्ला ।  कृषिलाई आधार बनाएर पर्यटक भित्र्याउने रणनीति अनुरूप जुम्लाका किसानहरु व्यवसायी  कृषिमा जुटेका छन् । जुम्ला ऐतिहासिक सास्कृतिक प्राकृतिक पर्यटनका रुपमा अथाह सम्भावना बोकेको जिल्लाको रुपमा चिनिन्छ ।

तथापि, नेपालकै पहिलो अर्गानिक जुम्लाका कृषि सम्भावनालाई पर्यटनसंग जोड्नका लागि जुम्लाका किसान तथा सरोकारवाला जुटेका छन् । (एग्रो टुरिजम) रुपमा विकास गर्न जुम्लाका विभिन्न ठाउँमा व्यवसायीक कृषि गरिएको छ । तिलाका ७ का प्रेम बस्नेत, तिला ३ का कर्ण बहादुर हमाल, तिला ३ कै कर्ण बहादुर रावत र तातोपानी १ का परान धरालाले व्यवसायीक तरकारी, नर्सरी, स्याउ, च्याउ, केशर खेती गरिरहेका छन् ।

त्यस्तै पाातारासी गाउँपालिका २ की पुतली बोहोराले विगत १ वर्षदेखि व्यवसायीक रुपमा रैथानेबाली कोदा र कागुनो खेती गरेकी छन् । साथै, चैतु बोहोराले पनि झण्डै १० रोपनी जगामा सिमि फलाउदै आएकी छन् । भने तल्फीकै फुर्के सल्ला सामुदायिक वनमा व्यवसायीक जडिबुटी खेती भइरहेको छ । यी सबै कृषि खेती एकातर्फ रैथाने अन्न जोगाई आयआर्जन हुने र अर्को तर्फ (एग्रो टुरिजमको) सम्भावनालाई देखाएको छ ।

तर प्रचारप्रशारको अभावमा अर्गानिक कृषि व्यवसायलाई पर्यटनसंग जोड्न नसकिएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । करोडौको स्याउ, सीमी, आलु, कोदोे,फापर जडिबुटी निर्यात हुन्छ, तर कहिले पनि एग्रो टुरिजमसंग जोडेर थप आम्दानी गर्ने सोच र योजना बनाउन नसकेको उल्लेख गरे ।  आठ वटै स्थानीय तह मिलेर एग्रो टुरिजमको गुरुयोजना निर्माण गरी अघि बढ्ने उनको भनाइ छ ।

सिंजा, पानसय र चौधविस गरी तीन भेगमा विभातिज जुम्लामा कृषि अन्नबाली उत्पादन पनि भेग अनुसारकै फरक हुन्छ । यतिबेला पूर्वको पातारासीमा कोदो, मकै, कागुनो, मार्सीधान र सीमीले खेतहरु भरिएका छन् । घुम्न जानेहरु फोटो नखिचाई फर्किनन् । त्यस्तै, पश्चिम तिला तातोपानीमा भने स्याउ, सिमि, फापर उत्पादन हुन्छ । यो जुम्लाको व्यापारीक सिजन पनि हो । तर यहिबेला  कृषि खेती प्रणालीलाई मात्र देखाउन आन्तरिक तथा बाह्य पर्यटकहरुको ध्यान केन्द्रीत गर्न सकेको खण्डमा आर्थिक आम्दानी मनग्य हुने डोटी जिल्ला शिलगुडी नगरपालिकाकी मेयर मन्जु मरासिनिले बताइन् । साउन भदौको महिनामा युरोप जानु भन्दा घुम्न जुम्ला आउँदा अर्गानिक आनन्द प्राप्त हुने उनी बताउँछिन् ।

फेकोफनको केन्द्रीय बैठकमा जुम्ला पुगेकी उनी मात्रै हैन, ७७ वटै जिल्लाका प्रतिनिधिहरुले जुुम्ला एग्रो टुरिजमको हब भएको बताए । यो मौसममा आइसकेपछि फर्किन पनि मन नलाग्ने रहेछ । फेकोफनकी केन्दी्रय अध्यक्ष भारती पाठकले भनिन, यहाँको पर्यटन प्रर्बद्धन, पर्यटन वर्ष २०२० लाई सफल पार्न जुम्लामा बैठक बसेका हौ । साचिकै काठमान्डौ बसेर कल्पना गरेको जुम्ला र यर्थात जुम्ला आकाश पातलको फरक पाएको समेत उल्लेख गरिन् । उनले पनि एग्रो टुरिजममा लगानी गर्न आठै स्थानीय तहका प्रमुखलाई सुझाव दिइन् ।

स्याउ पकेट क्षेत्र तातोपानी

जुम्लाको अर्गानिक स्याउ सबैलाई मन पर्छ । अर्गानिक स्याउ भन्ने बित्तिकै सबैको मुखमा र्याल आउँछ । प्रमुख नगदेबालीका रुपमा रहेको यो स्याउ खेतीलाई एग्रो टुरिजमसंग जोड्न सकेको खण्डमा यहाँका किसानको जीवनस्तर उठ्दै जाने कृषि अर्थविद बालकराम देवकोटाले बताए । जुम्लाका साढे १६ हजार घरधुरी स्याउमा आत्मनिर्भर छन् । भने जुम्लाको झण्डै ३ हजार हेक्टर क्षेत्रफल जमिनमा स्याउ खेती भइरहेको छ ।

साउन भदौमा राताम्मे हुने स्याउ बगैचाको दृष्यले व्यापारीसंगै पर्यटकहरुको पनि मन झ्वाटै तान्छ । तर कृषि र पर्यटनको कुुरा बुझ्न नसक्दा जुम्लाका किसानले दोहोरा लाभ लिन सकेका छैनन् । यो वर्ष जुम्लामा झण्डै ६ हजार क्विईन्टल स्याउ उत्पादन भएको छ । भने करिब १६ करोड बढस् आर्थिक भित्रिने अनुमान छ ।

तर दोहोरा लाभ अर्थात एग्रो टुरिजमसंग जोड्नका लागि स्याउ पकेट क्षेत्र निर्धारण गरिएका तातोपानी, गुठिचौर, हिमा लगातका पालिकाहरुले नमुना बगैचा निर्माणमा जोडदिन आवश्यक रहेको कृषि अर्थविद् देवकोटाले बताए । यतिबेल स्याउ खरिद गर्नेदेखि रारा हुँदै जुम्ला आउने आन्तरिक बाह्य पर्यटक धेरै छन् ।

तिलामा व्यवसायीक फापर खेती

व्यावसायिक कृषि उत्पादन र तिनै कृषि उपजबाट पर्यटन प्रवद्र्धन गर्ने योजनाका साथ तिला गाउँपालिकाा प्रेम बस्नेत, नर शाहि, कईलो रावत लगायत ४ जनाको युवा समूहले व्यवसायीक रुपमा फापर खेती गरिरहेका छन् । करिब ५ हजार हेक्टर जमिनमा उनीहरुले फापर लगाएका छन् । गाउँपालिकाको कृषि व्यवसायीक योजनामा नमुना योजना बनाएपछि उनीले १० लाख बढि निरब्याजी ऋण लिएका थिए । साथै सीमी खेती पनि उत्तिकै रुपमा गरेका छन् ।

विगत दुईवर्षदेखि गरिएको फापर, सीमी र केसर खेतीले उनीहरुको दैनिकी बदलिएको छ । फापरको माग अनुसार पुर्याउन नसकिएको प्रेम बस्नेतले बताए । सिधै जुम्लाबाट काठमान्डौै पठाउँछौ । यसको व्यवसायीक खेती बढाएर अन्यलाई रोजगारीसंगै पर्यटनका हिसाबले घुम्न लायक क्षेत्र बनाएको उनले दाबी गरे । कृषिमा आधारित पर्यटन ‘एग्रो टुरिजम’ व्यवसाय गर्न तथा सयौँ युवालाई रोजगारी दिनका लागि झण्डै ५ हजार रोपनी जग्गामा व्यवसायीक खेती माछा पालन, स्याउ, सीमी र फापर लगाउने योजना तातोपानी ३ का अध्यक्ष डिल्ली रावलले सार्वजानिक गरेका छन् ।

व्यवसायीक तरकारी खेती

तिला ३ का कर्ण हमाल दिपेन्द्र हमाल लगायत ४ जना युवाहरुले विगत ४ वर्षदेखि  ३० रोपनीमा मौसमी तथा बेमौसमी तरकारी खेतीको तयारी गरिएका छन् । उनीहरु पश्चिमको नाग्मदेखि पुर्वको खलंगा सम्म तरकारी पुुराउँछन् । मासिक १ लाख बढीको आम्दानी पनि गर्दछन् उनीहरु।

तर एउटै समस्या भनेको पुर्वाधार निर्माणको अभावले गर्दा व्यवसायीक तरकारी खेती फष्टाउन सकेको छैन् । चारैजनाको घरपरिवारदेखि छोरा छोरीको पढाई तरकारी व्यवसायबाटै भएको छ ।
पातारासीबाटै एग्रो टुरिजम पातारासी गाउँपालिका कृषि व्यवसायीहरुले एग्रो टुरिजमको योजनालाई सफल बनाउन उत्पादनदेखि खेती गर्न थालेका छन् । विभिन्न व्यवसायमा आबद्ध व्यवसायीले करोडौँको लगानीमा ग्रामीण भेगमा एग्रो टुरिजमको काम थालेका हुन् । जडिबुटी व्यवसायी, स्याउ किसान, आलु मकै लगायतको खेती गरी व्यापार गर्ने स्थानीयले पातारासीलाई जुम्लाकै पहिलो एग्रो टुरिजमको क्षेत्र बनाउने समेत दाबी गरेका छन् ।

स्थानीय मान बहादुर विकले भने, कर्णालीकै पहिलो जडिबुटि प्रशोधन उद्योग स्थापना गरेका छौ । यहाँका बार्षिक ५० क्विइन्टल बढी मकै उत्पादन गर्ने स्थानीय छन् । घरघरमा कागुनोदेखि कोदो खेतीलाई व्यवसायीक रुपमा गरिएको छ । आफु खानेसंगै विक्री समेत गर्दछन् । भने, विश्वकै उच्च स्थानमा धान फल्ने स्थान छुमचौर ज्युलोे भएकोले पनि यहाँ दैनिक सयौको संख्यामा पर्यटक आउँछन् ।

त्यस्तै करोडौको लगानी मध्यपश्चिमकै ठुलो हाईअल्टीच्युट सेन्टर निर्माण हुदै छ । यसले पनि यहाँका सयाँैको हिसाबमा बाहिरबाट खेलाडी अभ्यास गर्न आउने छन् । जसका कारण यहाँको कृषि उत्पादनले पनि बजार पाउने आशा गरिएको छ । जुम्लाका आठै स्थानी तहका प्रमुखहरुले एग्रो टुरिजमका लागि आवश्यक पुर्वाधार निर्माण गर्नेदेखि कृषि उत्पादनमा जोड दिन बृहत्त छलफल गरिने जिसस प्रमुख लाल बहादुर सार्कीले बताए ।

उनले भने.'जुम्लाको कृषि उत्पादनलाई पर्यटन संग नजोडेसम्म आर्थिक समृद्धि पनि सम्भव छैन। पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोरा, चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले एग्रो टुरिजमका लागि पुर्वाधार निर्माणमा जोड दिइने बताएा छन् ।'



प्रकाशित: २०७६ भाद्र २५
September 11th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्