नेपाली समय: ०१:०४:१८ अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

पर्यटन मन्त्री भट्टराईद्वारा नेपाल चिनाउने वेभसाइटकाे उद्घाटन, वेभसाइट भित्र के के हेर्न पाइन्छ ?

निर्माण सञ्चार, २५ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल चिनाउने वेभसाइटकाे उद्घाटन गरेका छन्।

नेपाल पर्यटन बोर्डले सञ्चालनमा ल्याएको फोटोनेपाल डट ट्राभल नामक वेबसाइट उद्घाटनमा उनले आधुनिक डिजिटल युगको विकाससँगै नेपाल चिनाउन प्रविधिको उच्चतम विकास आवश्यक रहेको बताए।

उनले नेपालबारे पर्याप्त जानकारी दिनकाे लागि  डिजिटल माध्यमको आवश्यकता रहेकाेले भन्दै अझ व्यवस्थित तवरले वेभसाइट संचालन गर्न सुझाए।

उक्त वेबसाइटमा नेपाल चिनाउने विभिन्न ठाउँ, संस्कृति र फोटो अपलोड गरी नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनले बताए। पर्यटन वर्षको अवसरमा सञ्चालनमा आउने यस्ता वेबसाइटले करोडौं फलोअर्स पाउने उनको भनाइ छ।

त्यस्तै पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोेशीले उक्त वेबसाइट फोटोग्राफरको लागि पनि उत्कृष्ट प्लेटफर्म साबित हुने बताए।

वेबसाइटमा रहेका फोटोलाई समाजिक सञ्जालमा सेयर गर्न सकिने र प्रयोगकर्ताको कपी राइटलाई पनि सुरक्षित बनाइएको बोर्डद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। नेपालका विषय वस्तुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न र विभिन्न समयमा आयोजना गर्ने प्रतिस्पर्धात्मक कार्यक्रममा भाग लिन सकिने बताइएको छ।

नेपालका विविध फोटोहरू खोज्न र वेबसाइटमा भएको सर्च फिचरको प्रयोगबाट आफूलाई चाहेको फोटो सजिलै यस वेभसाइटमा खोज्न सकिने गरी बनाइएकाे बाेर्डले जनाएकाे छ।



प्रकाशित: २०७६ भाद्र २५
September 11th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार