नेपाली समय: ०६:४५:०३ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

सभाखोलामा पहिरो खस्दा थुनियो पानी, एक सय घर उच्च जोखिममा

निर्माण सञ्चार, २५ भदौ, काठमाडौं । संखुवासभाको सभापोखरी गाउँपालिकामा रहेको सभाखोलामा पहिरो खसेको छ। पहिरो खस्दा खोलाको बहने पानी त्यही थुनिएको छ। पहिरोले सभाखोलामै करिब ३ सय मिटर लामो ताल बन्दा स्थानीय त्रसित भएका छन्

उक्त गाउँपालिकाको–४ र ६ वडाको बिचमा रहेको फास्सीबुकमा पहिरोले त्रास पैदा गरेको छ। बुधबार दिउँसो २ बजेतिर पहिरो खसेको वडा–६का अध्यक्ष विकास पौडेलले बताए।
पौडेलका अनुुसार वर्षासँगै गएको पहिरोले खोला थुनिएर ताल बन्दा बाह्रविसे बजार उच्च जोखिममा परेको छ।

ताल बनेको ठाउँ बाह्रविसे बजार भन्दा २ किलोमिटर माथि रहेको छ। वडा–४को सिमसिङ गाउँबाट झरेको पहिरोले ताल बन्दा बाह्रविसे बजारका स्थानीय त्रसित बनेका छन्। ताल फुट्दा दुई किलोमिटर तल रहेको बाह्रविसे बजारमा ठुलो क्षति पुग्न सक्ने स्थानियले बताए।

सभाखोला, लङ्खुवाखोला र भोटी खोलाको किनारमा बाह्रविसे बजारको ठुलो बस्ती उच्च जोखिमा रहेको छ। बाजार क्षेत्रका करिब १०० घर उच्च जोखिम रहेको छ।

 

 

000



प्रकाशित: २०७६ भाद्र २५
September 11th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार