नेपाली समय: ०६:२१:४१ बिहान
वि.सं २०७६ मंसिर ६   शुक्रवार

असोज १ देखि २५ लाख बढीको कारोबार गर्दा तीनपुस्ते देखाउनु पर्ने

निर्माण सञ्चार, २६ भदौ, काठमाडौं । पारदर्शीताका लागि कारोबार प्रणालीमा नयाँ व्यवस्था लागू गर्ने तयारी भएको छ। अब ठूलो कारोबार गर्ने व्यक्ति तथा संस्थाले २५ लाख बढीको कारोबार गर्दा तीन पुस्ते विवरण अनिवार्य देखाउनु पर्ने नयाँ व्यवस्था लागू गर्ने तयारी भएको हो।

सरकारले पारदर्शीता तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रावधानलाई कडाइका साथ लागू गर्ने भन्दै कार्यान्वयनमा ल्याउन लागेको निर्देशिकामा यस्तो व्यवस्था गरिएको सम्पत्ति शुद्धिकरण विभागले जनाएको छ ।

‘सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धमा कम्पनीहरुलाई जारी गरिने निर्देशिका २०७६’ ले वार्षिक १ करोडभन्दा बढीको र एक पटकमा २५ लाखसम्मको कारोबार गर्ने व्यक्ति तथा संस्थालाई ठूला कारोवारीको सूचीमा राखी परिभाषित गरेको छ

कम्पनी रजिष्ट्रार कार्यालयका अनुसार कारोबार गर्ने व्यक्ति वा संस्था वास्तविक धनी वा हिताधिकारी भए–नभएको पहिचानका लागि यो प्रावधान ल्याउन लागिएको हो। यो प्रावधान १ असोजबाट लागू गर्ने तयारी छ ।

अब कारोबारमा व्यक्तिको नाम, ठेगाना, जन्ममितिदेखि तीनपुस्ते विवरण अनिवार्य लिनु पर्ने भएको छ । पेशागत विवरण, परिवारको सदस्य उच्च पदीय हैसियतमा रहे–नरहेको समेत भर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

अस्थायी ठेगाना, रहनसहन विवरण, आयस्रोतको विवरणसमेत भर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

व्यक्ति वा संस्थासँग उल्लेखित विवरणहरु माग नगरी कारोबार नगरेको पाइए कसुर हेरी १ करोड रुपियाँसम्मको जरिवाना  गसम्बन्धित कम्पनी हुने निर्देशिकामा उल्लेख छ।

कारोवार गर्ने व्यक्ति तथा संस्थाको पहिचान गर्ने काम कम्पनीहरुले आगामी असार २०७७ भित्र सक्नुपर्ने भएको छ । कम्पनीहरुले उच्च जोखिम भएका व्यक्तिको विवरण वर्षको कम्तिमा १ वर्ष अध्यावधिक गर्नुपर्ने छ । मध्यम जोखिमको २ वर्षमा १ पटक र न्यून जोखिम भएका व्यक्तिको विवरण ३ वर्षमा १ पटक अध्यावधिक गराउनु पर्ने प्रावधान समेटिएको छ ।

 

हेर्नुहोस् डकुमेन्ट

 

https://drive.google.com/file/d/1116e2kl76kGnSwmOM_e-GAze2zZ2lDls/view?usp=sharing  

 

 

 

000



प्रकाशित: २०७६ भाद्र २६
September 12th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार