नेपाली समय: ११:४९:२६ राती
वि.सं २०७६ कार्तिक २   शनिवार

पूर्वाधार सम्मेलनः समापन मन्तव्यमा यातायात मन्त्री महासेठले भने- ६, ४ र २ लेन गरी १५ हजार किलोमिटर राजमार्ग विस्तार गरिने छ’

निर्माण सञ्चार, २७ भदौ,काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले चालेको विकासका पूर्वाधार निर्माणको अभियानले नै समृद्धिको सपना साकार हुने बताएका छन् । नेपाल उद्योग परिसंघको नेतृत्वमा राजधानीमा चलेको दुई दिने पूर्वाधार सम्मेलनमा बोल्दै मन्त्री महासेठले सरकारले साढे तीन वर्षभित्र १५ हजार किलोमिटर राजमार्ग निमार्ण गर्ने दावी गरे।

मन्त्री महासेठले भने,'सरकारले साढे तीन वर्षभित्र छ लेन, चार लेन र दुई लेन गरि १५ हजार किलोमिटर राजमार्ग निमार्ण गर्न लागेको छ।'

मन्त्री महासेठले स्थानीय तहदेखि केन्द्रीय तहका सडक आयोजना निर्माण, मर्मतलगायतका सडक पूर्वाधारमा सबै तहका सरकारहरुले समन्वयात्मक ढंगले काम गरिरहेको बताए। सरकारले पाँच बर्ष भित्र यस्ता राजमार्ग निमार्ण गर्ने लक्ष्य लिए पनि साढे तीन वर्षभित्रै सम्पन्न हुने उनको दाबी छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले आर्थिक वर्ष २०७३/७४ को मसान्त्तपछि ठेक्का सम्झौता भएका सबै आयोजनाहरु तोकिएकै समयमा सम्पन्न हुने दाबीसमेत गरेका छन्।
 उनले २५ वर्ष पहिले ठेक्का सम्झौता भएका आयोजनाहरु अहिलेसम्म पनि अलपत्र अवस्थामा रहेको उल्लेख गर्दै अबदेखि त्यस्ता आयोजनाहरु तोकिएकै समयमा सम्पन्न नभए कारवाहि गरिनेसमेत बताए।

मन्त्री महासेठले सरकारले विदेशी लगानी आकर्षण गर्न आवश्यक सबै कानून निर्माण गरि सकेको पनि बताए। विकासका एजेण्डमा सरकार र निजी क्षेत्रको एउटै आवाज हुनुपर्नेमा उनको जोड छ । उनले भने,‘नेपालमा लगानी गर्न सहज वातावरण सरकारले बनाउँछ, लगानीको लागि सबै क्षेत्र खाली छ, आउनुस् लगानी गर्नुस्,’

नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस कुमार मोरले दिगो पूर्वाधार विकास अहिलको आवश्कता रहेकोमा दोेहोराए । उनले सम्मेलनमा प्राप्त भएका प्रतिवद्धता कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे ।

सम्मेलनको नलेज पार्टनरको रुपमा रहेको केपीएमजीका उपप्रमुख कार्यकारी अधिकृत अखिल बंसलले छोटो समयमा नेपालले लिएको स्तरोन्नतिको लक्ष्य प्राप्त गर्न सहज नभए पनि त्यसतर्फको यात्रा प्रारम्भ हुनु सराहनीय कार्य भएको बताए ।

सम्मेलनमा पूर्वाधारका आइडियाहरुलाई एकै ठाँउमा जुटाउनुको साथै उत्कृष्ट आइडियाहरुलाई सम्मान गरेकोमा उनले खुसी व्यक्त गरेका थिए ।थाइल्याण्डका पूर्वपरराष्ट्र मन्त्री सुविन पिङक्यानले ऊर्जा निर्यात गर्ने गरी उत्पादन गर्न नेपाललाई सुझाव दिएका छन् ।

 

०००

पढौं यो पनि


 

 



प्रकाशित: २०७६ भाद्र २७
September 13th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार