नेपाली समय: ११:५६:४५ राती
वि.सं २०७६ मंसिर २०   शुक्रवार

पहिरोले लियाे दुई परिवारका ६ जनाको ज्यान

काठमाडाैँ - पछिल्लो समय मनसुन सक्रिय भएपछि परेको वर्षाले पहाडी क्षेत्रका जनता पहिरोका सामना गरिरहेका छन्।

सोही क्रममा पहिरोमा पुरिएर पाल्पामा दुई परिवारको ६ जनाको मृत्यु भएको छ। बिहीबार राति सहिदमार्ग अन्तर्गत घर्तीगाउ–थबाङ खण्डको छेर्लाबाङमा पहिरो खस्दा घर पुरिएर उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ।।

पहिरोमा पुरिएर २८ वर्षीया शिरकुमारी बुढा र उनको ४ वर्षीय छोरा असल बुढाको मृत्यु भएको छ। त्यस्तै ३८ वर्षीय जय बुढा, उनकी श्रीमती ३६ वर्षीया मुलज्वती बुढा र उनका दुई छोरी ९ वर्षिया बेवस्ती र २ वर्षीया करिस्माको पनि मृत्यु भएको छ। शिरकुमारीका श्रीमान कमल बुढा रोजगारीका लागि विदेश छन।

आफ्नो घर सुरक्षित नभएपछि जय बुढाको परिवार छिमेकीको घरमा सुत्न आएका थिए। तर पहिरोले दुबै परिवारका ६ जनाको ज्यान लियो।सहिद मार्ग सडक आयोजनाले खनेको सडक समेत आएर घर पुरिएको हो।

स्थानीयका अनुसार सहिदमार्ग निर्माणको जिम्मा लिएका ठेकेदार र कार्यालयले लापरवाही गरेकाले घरमाथि पहिरो खसेको हो।‘कानुनी प्रकृया अनुसार पोष्टमार्टम गर्नै पर्ने भएकाले जिल्ला अस्पतालबाट डाक्टरलाई घटना स्थल पठाएका छौ।’ प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भने ‘त्यहाको आवस्यकता अनुसार राहतको पनि व्यवस्था गर्नेछौ।’

गाउँपालिकाले तत्काललाई राहतका बारेमा कुनै निर्णय नगरेको जनाएको छ। ‘तत्काललाई केहि छैन। हामी पनि सबै बाहिर बाहिर छौ।’ थबाङ गाउँपालिकाका अध्यक्ष बिरबहादु घर्तीले भने ‘अब सकेजति छिटो केहि व्यवस्था गर्नु पर्ला।’केहि दिन यताको भिषण बर्षाले रोल्पाका अधिकांस सडक बन्द छन।

जिल्लाका धेरै भुभाग जोखिममा छन। केहि दिन अगाडि पूर्वी रोल्पा स्थित सुनछहरी गाउँपालिकाको सेरममा एक किशोर पहिरोमा पुरिएका थिए भने पश्चिमी रोल्पास्थित त्रिवेणी गाउँपालिकाको गैरीगाउ दुम्लामा एक जनालाई बाढीले बगाएको थियो।



प्रकाशित: २०७६ भाद्र २७
September 13th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार