नेपाली समय: ११:५८:१७ राती
वि.सं २०७६ कार्तिक २   शनिवार

केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माणबारे उपप्रधानमन्त्री पाेखरेलको यस्तो खुलासा

निर्माण सञ्चार, २८ भदौ, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वामगठबन्धनले निर्वाचनमा विजय हासिल गरे लगत्तै घोषणा गरेको केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माणबारे थप खुलासा गरेका छन्। उनल चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका बेला केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माण गरेर रेलसेवा सञ्चानल गर्ने विषयमा सम्झौता गरिने खुलासा गरेका हुन्।

टोखा नगरपालिका–१ झोरमा बाल उद्यानको शिलान्यास गर्दै उनले झोरबाटै सुरुङ खोलिने हुँदा यस क्षेत्रको विकासले फड्को मार्ने बताए।चीन–नेपाल जोड्ने सीमापार रेलमार्गको अधिकांस भाग सुरुङमार्ग हुने कुरा चिनियाँ पक्षले गरेको पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदनले बताइसकेको छ। जटिल हिमाली भूगोलका कारण ९५ भन्दा बढी भाग सुरुङमार्गले ओगट्ने भएको हो।

केरुङ नजिकैको ‘लेक पाइकु’ बाट नेपालतर्फ आउने रेलमार्गको अधिकांस भाग सुरुङमार्ग हुने खुलासा भइरहँदा केरुङबाट काडमाडौँ वा नुवाकोटको गल्छीतर्फ आउने सडकमार्गको एउटा ठूलो हिस्सामा समेत सुरुङमार्ग बनाइने योजना रहेको यसअघि नै अर्थमन्त्री डा युवराज खतिवडाले गरिसकेका छन्।

नेपाल–चीनबीचको प्रमुख नाका रसुवागढी–केरुङ बन्न थालेपछि काठमाडौँ–केरुङ जोड्ने राजमार्ग आसपासका वासिन्दाले पासाङ ल्हामु राजमार्गले आफ्नो जीवनमा कायाँपलट ल्याउने आशा गरेका छन्।



प्रकाशित: २०७६ भाद्र २८
September 14th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार