नेपाली समय: ०१:३३:३६ अपरान्ह
वि.सं २०७६ मंसिर २७   शुक्रवार

त्रिपुरेश्वर महादेव मन्दिरमा गजूर पुनर्स्थापना

निर्माण सञ्चार, ३१ भदौ, काठमाडाैँ । पछिल्लो समय भूकम्पले क्षति पुर्याएको जिल्लामा सम्पदाहरु पुनर्निर्माण भइरहेका छन्।

सोही क्रममा काठमाडौँका धार्मिक सम्पदाहरु पनि पुनर्निर्माण भइरहेका छन्। धार्मिक सम्पदाको रुपमा रहेकोे काठमाडौं त्रिपुरेश्वरस्थित त्रिपुरेश्वर महादेव मन्दिरको गजूर पुनर्स्थापना गरी पुनर्निर्माण भइरहेको छ ।

गजूर पुनर्स्थापनापछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, नेपालका लागि थाइल्याण्डका राजदूत भकाभत तानस्कुल लगायतले मन्दिरको अवलोकन गरेका थिए ।

भूकम्पबाट क्षतिग्रस्त मन्दिर तथा सत्तलहरुको काठमाडौं विश्वविद्यालयको स्कुल अफ आट्र्सअन्तर्गत संगीत विभागले पुनर्निर्माण गरिरहेको छ । विभागलाई थाई सरकारले आर्थिक सहयोग प्रदान गरेको छ ।

विभागका सहायक प्राध्यापक एवं पुनर्निर्माण कर्यका संयोजक डा. लोचन रिजालले मन्दिरको करिब ८० प्रतिशत र समग्र गुरुयोजनाको करिब ३५ प्रतिशत पुनर्निर्माण कार्य सम्पन्न भएको जानकारी दिए।

विभागले त्रिपुरेश्वर महादेव मन्दिर, चारवटा सत्तल, पुजारी घर, मन्दिर परिसरको बगैंचा र पोखरीलाई पुनर्निर्माण तथा संरक्षण गर्नेगरी गुठी संस्थानसँग सम्झौता गरेको छ । सन् १८१८ मा रानी ललित त्रिपुरासुन्दरीले श्रीमान् रणबहादुर शाहको सम्झनामा यो मन्दिर निर्माण गर्न लगाएकी थिइन् ।



प्रकाशित: २०७६ भाद्र ३१
September 17th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार