नेपाली समय: ११:५८:४७ राती
वि.सं २०७६ मंसिर २०   शुक्रवार

प्राधिकरणद्वारा सिंहदरबार, धरहरा र रानीपोखरीको अवलोकन

निर्माण सञ्चार, ३१ भदौ, काठमाडाैँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले  सिंहदरबार, धरहरा र रानीपोखरीको एकै दिन अवलोक गरेको छ। प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आइतबार अपरान्ह सिंहदरबार, धरहरा र रानीपोखरीको अवलोकन गरेका छन् ।

 सिंहदरबारको उत्तर, पूर्व र दक्षिण भागमा प्रबलीकरणको काम भइरहेको छ । प्रबलीकरण आगामी चैत्रभित्र सम्पन्न गर्ने लक्ष्य छ ।त्यसैगरी, धरहरा टावरको माथिल्लो बेसमेन्टमा काम भइरहेको छ भने पहिले हुलाक कार्यालय रहेको भवनहरु भत्काइँदै छ । स्थानीय जनताको सहजताका लागि तेबहालबाट टुँडिखेल निस्कने नयाँ बाटो पनि खोलिएको छ ।

रानीपोखरी र पोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिरको पनि पुनर्निर्माण जारी छ । प्रताप मल्लकालीन शैलीमा मन्दिर पुनर्निर्माण गरिँदैछ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माण गर्दा गुणस्तरमा विशेष ध्यान दिन निर्माण व्यवसायी र उपभोक्ता समितिलाई निर्देशन दिनु दिएका थिए।

 

 

000



प्रकाशित: २०७६ भाद्र ३१
September 17th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार