नेपाली समय: ०२:२०:१३ बिहान
वि.सं २०७६ कार्तिक ३०   शनिवार

कृषि विकास बैंक चोरी प्रकरणमा कन्ट्र्याक्टर भुसाल पक्राउः कसरी गयो ६५ लाख रुपियाँ उनको खातामा ?

निर्माण सञ्चार, ९ असोज, काठमाडौं । प्रतीक्षा निर्माण सेवाका प्रोप्राइटर निर्माण व्यवसायी रामकृष्ण भुसाल कृषि विकास बैंकको ५ करोड चोरी प्रकरणमा पक्राउ परेका छन् ।

बैंक मेनेजरकै आइडी र पासवर्ड प्रयोग गरी भएको चोरीको घटनामा निर्माण व्यवसायी भुसाल मुछिएको देखिएपछि महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भुसाललाई उनकै गृहजिल्ला स्याङ्जाबाटै पक्राउ गरेको हो । 

स्याङ्जा, वालिङ स्थायी ठेगाना भएका निर्माण व्यवसायी भुसाल प्रतीक्षा निर्माण सेवा कम्पनीका प्रमुख समेत रहेका छन् ।

त्यति उचइ नलिएको निर्माण कम्पनी भए पनि स्थानीय जिल्लामा ठेक्कापट्टामा पकड भएको मानिने भुसालको खातामा कृषि विकास बैंक चोरी प्रकरणको ६५ लाख रुपिपैयाँ पठाइएको भेटिएपछि उनलाई पक्राउ गरिएको अनुसन्धानमा संलग्न प्रहरी स्रोतले जानकारी दियो ।

कृषि विकास बैंकको लहान शाखाबाट २ दिन अघि भएको ५ करोड चोरी काण्डमा उनको संलग्नता संकास्पद भएको भेटिएपछि उनी पक्राउ परेका हुन् ।

प्रारम्भिक अनुसन्धान अनुसार प्रहरीले भुसाललाई भारतमा बसी नेपालमा बैंक चोरीको योजना बनाइरहेका ह्याकरंद्वारा परिचालित एजेन्टको आशंका गरेको छ ।

बैंकको लाहान शाखाबाट भएको उक्त चोरी प्रकरणमा प्रहरीले यस अघि चोरीमा संलग्न १२ लाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।


०००

पढौं यो पनि

 

 



प्रकाशित: २०७६ आश्विन ९
September 26th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार