नेपाली समय: ०५:१७:५० बिहान
वि.सं २०७६ मंसिर ४   बुधवार

‘कार्यप्रगति करार’मा चुके मन्त्री र सचिवहरुः भौतिक मन्त्रालयको ‘परफरमेन्स’ झुर ! प्रगति नदेखिएपछि मन्त्री नै फेर्ने प्रधानमन्त्रीको चेतावनी !

निर्माण सञ्चार, १० असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही महिना अघि सबै मन्त्रीहरुलाई ‘कार्यप्रगति करार’ गरेर हातमा पत्र थमाएका थिए । उक्त सम्झौताको अर्थ थियो हरेक समीक्षा वैठकमा आआफ्नो मन्त्रालय अन्तर्गतको कामको प्रगति विवरण पेस गर्नु । 

जतिबेला उक्त सम्झौता प्रधानमन्त्री ओलीले गरेका थिए, काम रफ्तारमा गराएर दिन दुगुना रात चौगुनाका दरले प्रगति देलान् कि भन्ने प्रधानमन्त्री ओलीको विश्वास रहेको आशय देखिन्थ्यो ।

कस्तो रह्यो त समीक्षा वैठकः कस्ता छन् उपलब्धि ?

सोही अनुसार प्रधानमन्त्री ओलीको अध्यक्षतामा हिजो बिहीबार आर्थिक वर्ष २०७५–७६ को पहिलो समीक्षा वैठक बस्यो । यसको प्रगति हेर्दा 

एक वर्ष पछि मुलुकको शोधनान्तर स्थिति भने उत्साहजनक देखिएको छ । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले चालू आर्थिक वर्षको साउन र भदौमा समग्र आर्थिक सूचकांक उत्साहजनक रहेको दाबी गरेका छन् ।

उनका अनुसार मुद्रास्फितिदर बाहेक मुलुकको समग्र आर्थिक सूचकांक उत्साहजनक छ।

प्रधानमन्त्री कार्यालयले बिहीबार गरेको चालू आवको पहिलो समीक्षा बैठकमा अर्थ मन्त्रालयले मुलुकको विकास खर्च र समग्र आर्थिक सूचकांक उत्साहजनक रहेको दाबी सहितको प्रतिवेदन पेस गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो महिनामा शोधनान्तर स्थिति बचतमा रहेको देखिएको हो । अघिल्लो आर्थिक वर्षमा ९६ करोड बचतमा रहेको शोधनान्तर त्यसपछि चालु आर्थिक वर्षको साउनमा सकारात्मक देखिएको मन्त्रालयको दाबी छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा शोधनान्तर स्थिति ६ अर्ब ५ करोड रुपियाँले बचतमा पुगेको छ । आर्थिक वर्ष २०७४–०७५ मा ९६ करोडले बचतमा रहेको शोधनान्तर गत आर्थिक वर्षमा निरन्तर घाटामा रह्यो । 

तर, गत आर्थिक वर्षको पहिलो महिनामा भने शोधानान्तर स्थिति २५ अर्ब १६ करोड रुपियाँले घाटामा थियो ।

चालु आर्थिक वर्षको पहिलोमा महिनामा चालु खाता घाटा ९ अर्ब ३७ करोड रहेको छ । आर्थिक वर्ष २०७५–०७६ को पहिलोमा महिनामा यस्तो घाटा २५ अर्ब १६ करोड रहेको थियो । 

समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर १ अर्ब ३ करोड र प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर १ अर्ब ७० करोड र प्रत्यक्ष वैदेशिक लगानी २९ करोड ५७ लाख रहेको थियो ।

चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह २.० प्रतिशतले वृद्धि भएर ७५ अर्ब ४० करोड रुपियाँ पुगेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २४.० प्रतिशतले बढेको थियो ।

तर, अवस्था कागजी प्रगति जस्तै छ त ?

तर, अर्थले नै प्रस्तुत गरेका तथ्यांकहरू निराशाजनक छन् । पछिल्लो दुई महिनामा ५९ अर्ब पुँजीगत खर्च भएको विवरण अर्थले प्रस्तुत गरेको छ । यो कुल बजेटको ३.८७ प्रतिशत हो । 

१५ जेठमै बजेट ल्याए पनि आर्थिक वर्षको सुरुमा खर्च नहुने प्रवृत्ति कायमै रहेको यसबाट देखिन्छ । 

भौतिक मन्त्रालयको ‘परफरमेन्स’ झुर !

विशेष गरी मुलुकको विकासको नतिजा भौतिक पूर्वाधारको विकासमा प्रतिबिम्बित हुने गर्छ । तर, नेपालको भौतिक मन्त्रालय इतिहासदेखि नै यस्तो देखिदै आएको छ, यसको प्रगति जहिले पनि बालुवामा तेल हाले जस्तै निरासाजनक देखिने गरेको छ ।

समीक्षा बैठकमा भौतिक योजना तथा यातायात पूर्वाधार मन्त्रालयले कुल बजेटको ३५.५१ प्रतिशत खर्च गरेको तथ्यांक प्रस्तुत गरेको छ । 

तर, यो तथ्यांकमाथि प्रधानमन्त्री ओलीले नै प्रश्न उठाएका थिए । 

आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारले १ हजार ५१ योजना सम्पन्न गर्ने लक्ष्य राखिएकामा २ सय ४० मात्रै सम्पन्न भएको तथ्यांक प्रस्तुत भएको छ । 

यो लक्ष्यको २० प्रतिशत मात्र हो । 

वर्षभरिमा भने ३ हजार २ सय ५९ योजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा निर्यात गत वर्षको सोही अवधिको तुलनामा २ अर्ब ८४ करोडले बढेको, रेमिट्यान्स २ अर्ब बढी भित्रिएको तथ्यांक मन्त्रालयले अर्थ मन्त्रालयले प्रस्तुत गरेको छ । 

सरकारका प्रवक्ताका अनुसार मुद्रास्फितिदर बाहेक मुलुकको समग्र आर्थिक सूचकांक उत्साहजनक छ ।

तर, प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनाहरुमाथि प्रश्न गरेपछि जुन नतिजा कागमा देखियो, त्यसले प्रम ओली निरास बनेको स्रोतले बतायो ।

‘प्रधानमन्त्रीज्यूले मन्त्री र सचिवहरूलाई लक्ष्य प्राप्तिका लागि आपसी समन्वयका साथ कामलाई तीव्रता दिन निर्देशन दिनुभएको’ प्रवक्ता बाँस्कोटाले सञ्चारकर्मी माँझ दोहोराएका थिए ।

बिहीबार प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीले मन्त्रालयहरुको दुई महिनाको कार्यप्रगति विवरण जानकारी लिइएको थियो ।

मन्त्री बास्कोटा अनुसार प्रधानमन्त्रीले कार्यसम्पादन सम्झौता गरेपछि के–के प्रगति भयो भनेर दुई महिनाको विवरण मागेका थिए । सबै मन्त्रालयका सचिवले मन्त्रालयको कार्यप्रगति विवरण प्रधानमन्त्री ओलीसमक्ष पेस गरेका थिए।

तर, भौतक योजना मन्त्रालयको प्रगतिविवरण पेस हुँदै गर्दा मन्त्री रघुवीर महासेठ बैठकबाट बाहिरिएका थिए। 

सचिवले भौतिक योजना मन्त्रालयले लगाएका धेरैजसो ठेक्का अलपत्र परेको, काम नभएको र कतिपय अवस्थामा ठेकेदार नै भागेको भन्ने विवरण पेस गर्दैगर्दा मन्त्री महासेठ बाहिरिएका थिए।

विभिन्न मन्त्रालयले प्रस्तुत गरेको विवरण अनुसार एक वर्षको अवधिमा सुरु गर्नुपर्ने तीन हजार योजनामध्ये दुई महिनाको अवधिमा १ हजार ५१ वटाको काम सकिनु पथ्र्यो। तर २ सय ४० वटाको मात्रै काम सकिएको छ। 

सात सय ५० वटा योजनाको काम सुरु भएको छ र ६१ वटाको काम सुरु भएकै छैन। 

खर्चको अवस्था कति ?

दुई महिनामा पुँजीगततर्फ सहरी विकास मन्त्रालयको ६.९७ प्रतिशत, भौतिक योजना मन्त्रालयको ३५.५१ प्रतिशत, खानेपानी मन्त्रालयको ५ प्रतिशत, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको १८.५ प्रतिशत खर्च भएको छ। 

विभिन्न मन्त्रालयले प्रस्तुत गरेको विवरण अनुसार एक वर्षको अवधिमा सुरु गर्नुपर्ने तीन हजार योजनामध्ये दुई महिनाको अवधिमा १ हजार ५१ वटाको काम सकिनु पथ्र्यो। तर २ सय ४० वटाको मात्रै काम सकिएको छ। 

सात सय ५० वटा योजनाको काम सुरु भएको छ र ६१ वटाको काम सुरु भएकै छैन। 

मुद्रास्फिति र राजश्व संकलन कति ?

गत वर्ष यो अवधिमा मुद्रास्फिति ४.२ रहेकोमा यो वर्ष ६.९ पुगेको छ। त्यसैगरी गत वर्ष यो अवधिमा १३.९६ राजस्व संकलन भएकोमा यो वर्ष १५५ अर्ब संकलन भएको र १११ अर्ब खर्च भएको छ। 

यो अवधिमा आयात १२० अर्बको भएको छ भने गत वर्षको तुलनामा २७ प्रतिशतले निर्यात वृद्धि भएको छ। गत वर्ष यो अवधिमा ६ अर्बको निर्यात भएकोमा यो वर्ष ८ अर्बको भएको छ। त्यस्तै गत वर्ष यो अवधिमा ७३ अर्ब रेमिटेन्स आएकोमा अहिले ७५ अर्ब आएको छ।

प्रधानमन्त्री समक्ष मन्त्रालयगत प्रगति विवरण पेस गरेको कार्यालयका प्रवक्ता एवं सहसचिव यमलाल भुसाले जानकारी दिएका हुन्।

०००
 



प्रकाशित: २०७६ आश्विन १०
September 27th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार