नेपाली समय: ०६:२७:१० बिहान
वि.सं २०७६ मंसिर २६   बिहीवार

तिलोत्तमा लगानी सम्मेलनको उपलब्धिः दुई समझदारीपत्र र दशवटा परियोजनामा लगानीको प्रतिबद्धता

निर्माण सञ्चार, १० असोज, काठमाडौं । तिलोत्तमा लगानी सम्मेलनमा १६ अर्बको लगानी प्रतिबद्धता आएको छ। काठमाडौं बाहिर स्थानीय तहले पहिलोपटक आयोजना गरेको लगानी सम्मेलनमा दुईवटा परियोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको छ भने दशवटा परियोजनामा आशयपत्रमा हस्ताक्षर भएको छ ।

सम्मेलनका क्रममा करिब ३० वटा परियोजनाका प्रस्ताव आएका छन्। सबै आशयपत्र खोल्दा लगानी प्रतिबद्धता बढ्ने अपेक्षा आयोजकको छ।

एमओयू भएका दुई परियोजनामा यूके एड र तिलोत्तमा नगरपालिकाको सहकार्यमा सीप र रोजगार प्रवद्र्धन कोष स्थापना तथा नेपाल बैंक लिमिटेडको सहुलियत कर्जा परियोजना रहेका छन् ।

त्यस्तै विपन्न, द्वन्द्धपद्वडित, सिमान्तकृत, अलपसंख्यक, दलित, विपन्न महिला तथा वैदेशिक रोजगारबाट फर्केकालाई स्वरोजगार बनाइ उनीहरुको आर्थिक विकासमा टेवा पु(याउन नेपाल बैंक लिमिटेडले नगरपालिकाको सिफारिसमा सहुलियत कर्जा प्रदान गर्ने सम्झौता पनि गरिएको छ। सम्झौताअनुसार नगरपालिकाको सिफारिसमा दिइने कर्जाको ब्याजदर दुई–दुई प्रतिशत मात्रै कायम गर्ने उल्लेख छ।

प्रारम्भिक लगानी समझदारी भएका परियोजनाहरुमा रिडी हाइड्रो पावर, अन्नपूर्ण एग्रो, स्मार्ट एएसी नेपाल, उत्तम एग्रो प्रोडक्सन, सन आउटडोर प्रालि ,तिलोत्तमा रिङरोडमा रेलवे, तिलोत्तमा–११ गणेशनगरमा ढाक्रेबास एकीकृत पर्यटकीय आयोजना, वडा नं ६ मा दुग्ध प्रशोधन केन्द्र, वडा नंं १४ मा मिनी नेपाल, एकीकृत कृषि उपज संकलन तथा प्रशोधन केन्द्र कोल्ड स्टोरसहित रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

त्यस्तै तिलोत्तमा क्यान्सर अस्पताल, तिलोत्तमा रिङरोड रेल्वेजस्ता परियोजनामा समेत लगानीकर्ताले चाँसो देखाएका छन्। निजी क्षेत्रले विभिन्न २० परियोजना प्रस्ताव गरेका छन्। प्रस्तावित परियोजनामा स्वदेशी लगानी रहने उल्लेख छ। लगानी सम्मेलनपछि तोकिएको अवधिसम्म आउने परियोजनाका लागि विभिन्न कर छुटको अफर गरिने नगरप्रमुख बासुदेव घिमिरेले बताए।

 

 

000



प्रकाशित: २०७६ आश्विन ११
September 28th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार