नेपाली समय: ११:५१:३३ राती
वि.सं २०७६ कार्तिक २   शनिवार

बलात्कारको अरोपपछि सभामुख पदबाट महराले दिए राजिनामा !

निर्माण सञ्चार, १४ असोज, ०७६, काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले राजिनामा दिएका छन् ।

महराले आफ्नो राजिनामा उपसभामुखसमक्ष बुझाएका हुन् । 

आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजिनामा दिएको उनले बताएका छन् ।

बलात्कारको आरोप लागेपछि पूर्व माओवादी केन्द्र तथा एकता पछिको नेपाल कम्युनिस्ट पार्टीले वैठक नै बसी सांसद तथा सभामुख दुवै पदबाट राजिनामा दिन सुझाव दिएको थियो ।

आफ्नो राजिनामा पत्रमा महराले ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने वाक्य प्रयोग गरेका छन् । यसले के देखाउँछ भने उनी आफैले चाहिँ सभामुख र सांसद पद दुवैलाई छोड्न नचाहेको देखिन्छ ।

नेकपा नेतृत्वले दिएको सुझावलाई सहर्ष स्वीकार गरेर राजिनामा दिएको देखिदैन ।

महराका प्रेस सल्लाहकार डिल्ली मल्लले महराले भरखरै मात्र राजिनामा दिएको जानकारी दिएका हुन् ।

उनीमाथि संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । ती महिलाले महराले आफूमाथि गरेको यौन दुव्र्यवहारको न्याय पाउँ भन्दै ३ जना बढी सांसद्हरुलाई समेत जानकारी गराएको तर सहयोग नपाएको समेत आरोप लगाएकी छन् । 

तर, महराले आफूमाथि लागेको आरोप भ्रामक रहेको भन्दै अस्वीकार गर्दै आएका छन् । 

मंगलबार बिहानप्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक बसेको नेकपाको सचिवालय बैठकले कृष्णबहादुर महरालाई सभामुख र सांसदबाट दुवै पदबाट राजिनामा गर्न सुझाव दिने निर्णय गरेको थियो।

उक्त निर्णयपछि उनले सभामुख पदबाट राजिनामा दिएका हुन् ।
 

 

उनले दिएको राजिनामा पत्र
 

महराको राजिनामा पत्र
 

०००
 

पढौं यो पनि

 



प्रकाशित: २०७६ आश्विन १४
October 1st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार