नेपाली समय: ११:५२:२३ राती
वि.सं २०७६ कार्तिक २   शनिवार

शुभकामना दिएरै मात्रै मुलुक कसरी होला र समृद्ध ? जिम्मा लिएका सडकहरु समृद्ध गर्नेबारे एफक्यानकै प्रतिबद्धता खै ?

निर्माण सञ्चार, १४ असोज, काठमाडौं । वडा दशैं, तिहार, नेपाल सम्बत् ११४० तथा छठ पर्व–२०७६ को उपलक्ष्यमा नेपाल निर्माण व्यवसायी महासंघले आफ्नो सचिवालय अनामनगरमा सोमबार चियापान समारोह आयोजना गर्यो ।

केही वर्षदेखि निरन्तर चियापान समारोह गर्दै आएको एफक्यानको यस पटकको शुभकामना आदान प्रदानमा पनि विशिष्ट व्यक्तित्वहरु सहभागी भएका थिए ।

शुभकामना तथा चियापान समारोहमा पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत काँग्रेस नेताहरु सहभागी भएका थिए । 

त्यस्तै, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् मन्त्री रघुवीर महाशेठ (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय) सहभागी अतिथिका रुपमा सरिक भएका थिए ।

काँग्रेसले महासंघको चियापानलाई धेरै नै महत्त्व दिएको देखिन्थ्यो भन्ने कुरा समारोहमा सहभागी काँग्रेस ‘हाइप्रोफाइल लिडर’हरुको उपस्थितिले पुष्टि गरेको छ ।

उक्त समारोहमा काँग्रेस महामन्त्री डाक्टर शशांक कोइराला, पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेताहरु विमलेन्द्र निधि, प्रकाशमान सिंह, डाक्टर रामशरण महत, अर्जुननरसिंह केसी, बालकृष्ण खाँण, दीपक गिरी र निर्माण व्यवसायी सांसदहरुको बाक्लो उपस्थिति थियो ।

एफक्यानले जानकारी दिए अनुसार शुभकामना तथा चियापान समारोहमा विभिन्न मन्त्रालयका सचिव सहित अन्य उच्चपदस्थ कर्मचारीहरु, व्यापारी, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी, कानून व्यवसायी, सुरक्षाकर्मी लगायत पनि सरिक भएका थिए ।

उनले थप प्रश्न गरे, ‘यस्ता मुद्दा आउने बित्तिकै नेपालको निर्माण व्यवसायीहरुको साझा संस्थाले पहलकदमी लिएर रोकिएको काम पनि सम्पन्न भएको भन्ने आजसम्म आएको छैन, किन ?’ उनीहरु काम रोकिए पनि नरोकिए पनि भनसुन र कमिसनमा मात्रै चल्ने चरित्र भएकाले निर्माण व्यवसायीहरुको संस्थागत चरित्र पनि बदलिनु पर्ने’, उनले सुझाए

ठेक्का र पेश्की लिएर करिब २५ सय ठेक्काहरु अलपत्र पार्दै मुलुकको अर्थतन्त्रलाई नै समस्यामा पारेको आरोप खेपिरहेका निर्माण व्यवसायीहरुलाई सरकारले समयमै र गुणस्तरीय काम नगरेको आरोपमा कारबाहीको तयारी गरिरहेको अवस्थामा महासंघ चियापानमा हाइप्रोफाइल उपस्थिति अर्थपूर्ण नै रहन्छ ।

यस अघि नै अख्तियार दूरुपयोग अनुसन्धान आयोगले १८४८ ठेक्काहरुका सवालमा विभिन्न मन्त्रालय र सम्बन्धित विभागका फाइलहरुमाथि अध्ययन गरिरहेको अवस्था छ । कतिपयलाई कारबाहीका लागि सिफारिसम्म गर्ने गरी काम अघि बढाइसकेको अवस्था छ ।

चियापानमा सरिक नेताहरुले ‘समयमै निर्माण सम्पन्न गर्ने र समृद्ध नेपाल निर्माणका लागि सबै पक्ष मिलेर जानु पर्ने धारणा’ राखेको महासंघ स्रोतको भनाइ छ ।

यतिबेला मुलुकका करिब २५ सय बढी ठेक्काहरु झन्डै २ दशक लामो समयदेखि समस्याग्रस्त आयोजनाका रुपमा छन् भने पछिल्ला नयाँ ठेक्काहरुमा पनि सरकारका तर्फबात आवश्यक समय थप गर्नेबारे आलटाल भइरहेको छ ।

खरिद नियमावलीको आठौं संशोधनले म्याद थपका लागि एक वर्ष सयम दिए पनि सरकारी निकायहरुबाट सोसम्बन्धी काम नभएको गुनासो निर्माण व्यवसायीको छ भने क्रेडिट लाइनका नाउँमा सरकारले थप समस्या पैदा गर्ने गरी कानुन ल्याएपछि निर्माण व्यवसायीहरु थप मर्कामा परिरहेका छन् ।

सार्वजनिक जावफदेहिताको सवालः महासंघ आफैंले किन गर्दैैन पहलकदमी ?

व्यवसायीहरुले आफ्ना तर्फबाट यस्ता समस्या सरकारसँग राख्दै आएपनि सरकारले उचित ध्यान दिएको छैन । न त धेरै ठेक्का ओगटेर मुलुक र निर्माण व्यवसायकै बदनाम गरिरहेका निर्माण व्यवसायीहरुलाई महासंघले नै कारबाहीका लागि भन्न सकेको छ ।

महासंघ आफैले मुलुकको अर्थतन्त्र नै समस्यामा पर्ने गरी क्रोनिक बनेका आयोजनामा नियतबस काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको नामावली सार्वजनिक गरेर सरकारलाई सहयोग गर्ने हो भने महासंघको नैतिक हैसियत माथि उठ्ने उपभोक्तावादी आन्दोलनका अगुवाहरुको भनाइ छ ।

‘वडा दशैंमा शुभकामना भनेर मात्र मुलुकको शुभ र भलो नभएको वर्षौंदेखि देखिरहेका निर्माण व्यवसायीहरुले जनताले सोधिरहेको प्रश्नको जवाफ दिनै नैतिक हैसियत देखाउनु पर्दैन ?’ नाम नखोल्ने सर्तमा उपभोक्ता हित संरक्षण मञ्चका एक अधिकारीले निर्माण मिडियासँग भने ।

राजधानीकै सडकहरुको दुर्दशाबारे महासंघका पूर्व नेताहरु समेत रहेका निर्माण व्यवसायीको दिनप्रतिदिन बदनाम भइरहेको छ । तर, महासंघले पहल गरेर नैतिक उचाइ भने लिन सकेको देखिदैन पनि ।

उदाहरणका रुपमा महासंघका पूर्व अध्यक्ष समेत रहेका शकुन्तलाल हिराचनले जिम्मा लिएको चाबहिल बौद्ध जोरपाटी सडकखण्ड दिनैजसो सार्वजनिक सञ्चार माध्यममा आइरहेको छ । उनको बदनाम भइरहेको छ ।

‘तर, सार्वजनिक काम लिएपछि आफूमा परेको समस्या भएपनि सार्वजनिक रुपले नै भन्ने हिम्मत गर्नु पथ्र्याे हैन भने दालमे कुछ काले भनेजस्तै निर्माण व्यवसायी या त भौतिक मन्त्रालयले काम सम्पन्न हुन नसक्नुका कारणहरु सार्वजनिक किन गर्दै गर्दैन ?’ उनको प्रश्न छ ।

उनका अनुसार यसरी सार्वजनिक सम्पत्ति सरहका सार्वजनिक कामहरु करार गरेर पनि जवाफदेहिता नदेखिनु सरकार र सम्बद्ध निर्माण व्यवसायी दुवै पक्षको अपराध सरहको कमजोरी हो ।

उनले थप प्रश्न गरे, ‘यस्ता मुद्दा आउने बित्तिकै नेपालको निर्माण व्यवसायीहरुको साझा संस्थाले पहलकदमी लिएर रोकिएको काम पनि सम्पन्न भएको भन्ने आजसम्म आएको छैन, किन ?’

उनीहरु काम रोकिए पनि नरोकिए पनि भनसुन र कमिसनमा मात्रै चल्ने चरित्र भएकाले निर्माण व्यवसायीहरुको संस्थागत चरित्र पनि बदलिनु पर्ने’, उनले सुझाए ।

उनका अनुसार यसैले गर्दा महासंघको चरित्रमाथि पनि प्रश्न उठ्ने गरेको छ । राजधानीका रिङरोडदेखि रिङरोडसम्म जोडिने नाका सडकहरु वर्षाैंदेखि असरल्ल रहँदा यात महासंघले ती सडकहरुमा रहेको समस्या बाहिर ल्याउन सक्नु पर्छ, या त आफू सम्बद्ध ‘सिनियर’ ‘ठेकेदार नेता’हरुलाई कठघरामा उभ्याउने नैतिक हैसियत राख्न सक्नु पर्छ ।

‘किनकि, निर्माण व्यवसायीले जिम्मा लिएको काम मुलुकका जनताले कर तिरेको पैसा हो । मुलुकको भाग्य र भविष्य जोडिने यस्ता कुराहरुमा जवाफदेहिता चाहिन्छ कि चाहिँदैन ?’ उपभोक्ता हित संरक्षण मञ्चका उनले भने ।

... 
महासंघले आयोजना गरेको उक्त कार्यक्रम महासंघको एसोसिएट सदस्य समन्वय समितिको व्यवस्थापनमा भएको महासंघ स्रोतले बताएको छ । 

उक्त समारोहमा देशभरबाट आएका निर्माण व्यवसायीहरुको पनि उत्साहजनक उपस्थिति रहेको थियो । उक्त शुभकामना तथा चियापान समारोह घरघरमै भित्रिएको वडादशैंदेखि आसन्न दीपावली र छठ पर्व समेतलाई मध्यनजर गरी आयोजना गरिएको हो ।

शुभकामना तथा चियापान समारोहको तस्वीर
 

०००



प्रकाशित: २०७६ आश्विन १४
October 1st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार