नेपाली समय: ११:५४:५२ राती
वि.सं २०७६ कार्तिक २   शनिवार

ढोका थुनेर बाहिर घाम ताप्छन् त्रिवि परीक्षा नियन्त्रणका कर्मचारीः कर्मचारीको अराजकताले विद्यार्थीलाई शास्ती !

निर्माण सञ्चार, २४ असोज, काठमाडौं । हरेक दिनजसो त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभाग र प्रशानमा कुनै न कुनै लफडा परिरहेको हुन्छ । मुख्यगरी विद्यार्थीलाई सेवा दिन भनी सरकारी नुनपानी आएका कर्मचारीहरुका कारण ।

यो सन्दर्भ हो, वडा दशैं सुरु भएपनि सरकारी क्यालेन्डरले घटस्थापनादेखि नै भने विदा दिएको छैन । तर, त्रिविका कर्मचारी भने अचम्मको तरिकाले विदा मनाउँछन् । 

प्रशासन कक्षहरु ढोका लगाउँछन् र आफू बाहिर घाम तापेर बस्छन् । विद्यार्थीहरुले खोजी मर्दा उनीहरुले सेवा दिदैनन् । यसले गर्दा जाजरकोटदेखि माइग्रेसन आदि महत्त्वपूर्ण सर्टिफिकेटहरु लिन आएका विद्यार्थीहरु निरास भएर फर्कने गरेका छन् ।

टाडादेखि विश्वविद्यालयसम्म धाउनु पर्ने विद्यार्थीका लागि कर्मचारीहरुको मनोमानीले अन्याय गरेको बताउँछन् जाजरकोटका एक विद्यार्थी भुवन चन्द ।

त्रिभुवन विश्वविद्यालय रहेको काठमाडौंसम्म उनीहरुलाई आउन साइत नै हेर्नु पर्ने हुन्छ । कहिले के मिल्दैन कहिले यातायात त कहिले दाम ।

त्यस्तै, घटना घटस्थापनाको भोलिपल्टदेखि नै विद्यार्थीले व्यहोरिरहनु परेको गुनासो बढिरहेको छ । 

सुर्खेत र जाजरकोटबाट ५ जना विद्यार्थीहरु शैक्षिक प्रमाणपत्र र माइग्रेसन आदि लिन भनेर मंगलबार मध्याह्न १२ बजे कीर्तिपुरस्थित त्रिविको केन्द्रीय प्रशासन भवनमा पुगे ।

तर, घन्टौं कुर्दा पनि घाम तापेर बाहिर बसेका कार्मचारी भित्र नआएपछि विद्यार्थीहरु निरास बनेर फर्किएका हुन् ।

यसरी त्रिवि परीक्षा नियन्त्रण कार्यालयले सेवा नदिइ विद्यार्थी फर्काउने गर्दछ। यो त एउटा मात्र घटना हो । यस्ता भइ नै रहेको गुनासो बढिरहेको छ ।

त्रिवि केन्द्रीय प्रशासन भवन अगाडितिरै पसल गर्ने स्थानीय व्यवसायीका अनुसार कर्मचारीहरु भित्र हाजिर गर्न मात्र छिर्ने गर्छन् बाँकी काम भनेको चुरो खानु, चिया खानु, गफ गरेर दिन बिताउनु र तलब पचाउनु मात्रै हुने गरेको देखिन्छ ।

कतिपयले त तास खेलेर दिन काटेर घर जान्छन् । बस्, यतिकैमा उनीहरुको जागिर पाक्यो !

विद्यार्थीको आक्रोसयुक्त प्रश्न छ, ‘के यही हो त सुशासन दिने तरिका ? यही हो आधुनिकता ?’

यति मात्र किन, त्रिविका वाणिज्य शास्त्र, मानवीकि, अर्थशास्त्र जस्ता विभागका हेड अफ दि डिपार्टमेन्टले थेसिस गर्ने नाउँमा हुँदै नभएका शुल्क विद्यार्थीबाट असुल्ने गरेको समेत भेटिएको छ ।

गत जेठ महिनामा ग्रमीण विकास केन्द्रीय विभागको विभागाध्यक्षले अपांगता भएका विद्यार्थीलाई विश्विद्यालयका शिक्षाध्यक्ष सुधा त्रिपाठीले निःशुल्क सेवा दिनु भनी काटेको पत्रको समेत बेवास्ता गर्दै एमएको थेसिस सबमिट गर्दा २० हजार रुपियाँ शुल्क तिर्नु परेको थियो ।

जुन शुल्क त्रिविले कुनै पनि विभागका लागि निर्देश गरेको कानुनी दायरा भित्र पर्दैन । थेसिस किनबेच गर्ने कुरा त त्रिविको विकृति मध्येको प्रमुख विकृति नै बनेको छ ।

त्रिवि कहिलै नफेरिको कुरुप मुहार बन्दै गइरहेको विद्यार्थीहरुको गुनासो छ । 

केन्द्रीय प्रशासन ढोकामा एउटा सरकारी पात्रो टाँसिएको छ। जहाँ असोज १० पछि २७ गतेबाट मात्र त्रिविको बिदा भन्ने लेखिएको छ ।

तर प्रशासनबाट फुलपाती अघी १७ गतेसम्म विद्यार्थीले सेवा पाउनु पर्ने हो । तर, यसबारे गुनासो गर्दा पदाधिकारीको निर्देशन कर्मचारीहरुले पालना नगरेको पाइन्छ । 

त्रिविमा यस्ता हजारौं समस्या छन् ।


०००



प्रकाशित: २०७६ आश्विन १४
October 1st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार