नेपाली समय: १२:००:१६ am
वि.सं २०७६ कार्तिक ३   आइतबार

सन्राइज बैंकको १२औं वार्षिक उत्सवमा मानव सेवा आश्रममा आर्थिक सहयोग

निर्माण सञ्चार, १६ असोज, ०७६, काठमाडौं । सन्राइज बैंकले आफ्नो १२औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवा आश्रममा आर्थिक सहयोग प्रदान गरेको छ ।

''हामी संग संगै” भन्ने नाराको साथ बैंकले सामाखुसी स्थित मानव सेवा आश्रममा आर्थिक सहयोग प्रदान गरेको हाे ।

सो कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारीले मानव सेवा आश्रमको अध्यक्ष रामजी अधिकारीलाई २५००० रूपियाँ बराबरको चेक प्रदान गरे ।

सो कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । बैंकले आश्विन महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरु गर्दै जाने जनाएको छ ।

 

 

000



प्रकाशित: २०७६ आश्विन १६
October 3rd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार