नेपाली समय: ११:५४:२६ राती
वि.सं २०७६ कार्तिक २   शनिवार

बलात्कार प्रयास अभियोगमा कृष्णबहादुर महरा पक्राऊ !

निर्माण सञ्चार, १९ असोज, काठमाडौं । संसद सचिवालयकै कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले निवर्तमान सभामुख महरालाई सरकारी निवास बालुवाटारबाट नियन्त्रणमा लिएको छ । प्रहरी उच्च स्रोतका अनुसार महरालाई सिंहदरबार वृत्तको नियन्त्रण कक्षमा राखिने छ ।

काठमाडौं जिल्ला अदालतले आइतबार पक्राउ पूर्जी जारी गरेपछि बानेश्वर वृत्तका डीएसपी दुर्गा रेग्मी नेतृत्वको टोली कालो रंगको स्कर्पीयो गाडीमा महरालाई नियन्त्रणमा लिनका लागि सभामुख निवास प्रवेश गरेको थियो। प्रहरी स्रोतका अनुसार दसैं बिदा परेकोले त्यस अगाडि प्रहरीले मात्रै उनको बयान लिने छ ।

महरााविरुद्ध शनिबार जबरजस्ती करणी उद्योगको उजुरी दर्ता भएको थियो । गत आइतबार राति महराले आफूलाई बलात्कार गरेको भन्दै मिडियामा आएकी शाहीले भोलिपल्ट भने त्यस्तो केही नभएको बताएकी थिइन् । उनले महरा आफ्नो कोठामै नआएको दाबी गरेकी थिइन् । प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको छ ।

शाहीको मध्य रातको त्यो बयान पनि प्रहरीले रेकर्ड गरेर राखेको थियो। घटना भएको पर्सी पल्ट असोज १४ गते प्रहरीले शाहीको डेरामा गएर महराले ल्याएका रक्सीको बोतल, घम्साघम्सीमा भाँचिएको महराको चस्माको खुट्टा र कोठाबाट हतारमा निस्किँदा छुटेको जुत्ताको तलुवालगायत सामान प्रहरीले बरामद गरेको थियो।

जाँचका लागि ती सामान प्रहरीको फरेन्सिक ल्याबमा पठाइसकेको छ। त्रिवि शिक्षण अस्पतालमा शुक्रबार नै रोशनीको स्वास्थ्य परीक्षण गरिसकिएको छ। महराले असोज १४ गते मंगलबार सभामुख पदबाट राजिनामा दिएका थिए।

महरा पक्राउ पछिका विभिन्न तस्वीर
सभामुख निवासबाट रातो कारमा पक्राउ परेसँगै हिरासत जाँदै महरा
पक्राउ क्रममा सभामुख निवासमा प्रहरीहरुको निगरानी सहित महरा
OOO

पढौं यी पनि

बलात्कार प्रयास अभियुक्त महरालाई कस्तो होला सजाएँ ?

महरा प्रकरणः रोशनीको उजुरीपछि गृहमन्त्री थापाले दिए यस्तो निर्देशन, महरा पक्राउको सम्भावना बढ्यो

निवर्तमान सभामुख महराविरुद्ध पक्राउ पूर्जी जारी, सम्भवतः आजै पक्राउ पर्न सक्ने !

 

 



प्रकाशित: २०७६ आश्विन १९
October 6th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार