नेपाली समय: ११:४८:३३ राती
वि.सं २०७६ कार्तिक २   शनिवार

साढे तीन अर्ब बढीको पाम आयल निकासी

निर्माण सञ्चार, २२ असोज, काठमाडौं । नेपालको व्यापार घाटा बढ्दो छ। ठूलो परिमाणमा विदेशबाट सामानहरु आयात हुन्छ। तर नेपालबाट पनि केही सामान निकासी हुने गरेको छ।

आर्थिक वर्षको सुरुका दुई महिनामै ३ अर्ब ६१ करोड रुपैयाँको पाम आयल निकासी भएको छ। पाम आयल नेपालमा उत्पान हुँदैन। तर पनि अरुदेशबाट आयात गरेर नेपालको बाटो हुँदै साढ् तीन अर्ब बढीको पाम आयाल निकासी भएको हो।

नेपालमा पाम आयालको भन्सार महसुल भारतकोभन्दा सस्तो भएकोले नेपालको बाटो हुँदै निकासी गर्ने गरिएको हो। नेपालमा यसको भन्सार भहसुल १० प्रतिशत छ भने भारतमा ४० प्रतिशत छ। महसुलको भिन्नताका कारण व्यापारीले मलेसिया र इण्डोनेसियाबाट पाम आयल आयात गरी भारतमा निकासी गरिरहेका छन्।

भारतीय व्यवसायीले इण्डोनेसिया र मलेसियाबाट आयात गर्दा धेरै भन्सार महसुल लाग्ने भएकाले नेपाल हुँदै पाम आयल भारत पुर्‍याइने गरेको छ।साबुनको कच्चा वस्तुका रूपमा पाम आयल प्रयोग हुँदै आएको छ। नेपालले भारतीय बजारमा निकासीमा पाएको सौविध्यपूर्ण बजार पहुँचको उपयोग गर्दै पाम आयल निकासी भइरहेको छ।

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा भारत सरकारले नीतिगत परिवर्तनको उपाय लिने बित्तिकै प्रमुख निर्यात वस्तुका रूपमा रहेको पाम आयलको निर्यात ध्वस्त हुन सक्ने बताउँछन्।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले पाम आयलले यस वर्षका सुरुवातदेखि नै प्रमुख निकासी वस्तु कार्पेट, अलैंची, गार्मेन्ट तथा हस्तकलाका सामानलाई पछिपारेको छ। पाम आयलको निकासी तासको घरजस्तो भएको व्यापार विज्ञ टिप्पणी गर्छन्।

भन्सार विभागको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको सुरुवातदेखि नै निकासी बढ्नुमा पाम आयलको उल्लेख्य योगदान छ।

 



प्रकाशित: २०७६ आश्विन २२
October 9th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार