नेपाली समय: ११:४६:०१ राती
वि.सं २०७६ कार्तिक २   शनिवार

जर्मन लगानीकर्ता नेपालमा

निर्माण सञ्चार, २२ असोज, काठमाडौं । लगानी गर्ने सम्भावनाहरूको खोजी गर्न जर्मनका २८ लगानीकर्ता नेपाल आएका छन् । जर्मनी दूतावासको आयोजना गरेको ‘पहिलो जर्मन बिजनेस फोरम’ सहभागी हुन जर्मनका २८ कम्पनीका प्रतिनिधिहरु नेपाल आएका हुन्।

फोरममा निर्माण उद्योग, पर्यटन, वित्तीय, टेक्निकल एन्ड भोकेसनल ट्रेनिङलगायत कम्पनीका अधिकारीहरू उपस्थित थिए । नेपालको निजी क्षेत्र र सरोकारवाला निकायका अधिकारीहरूले जर्मनीका लगानीकर्ताहरूलाई सम्बोधन गरेका थिए । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सीईओ महाप्रसाद अधिकारीले नेपालमा राजनीतिक स्थायित्व कायम भएको भन्दै व्यावसायिक वातावरण बनेको दाबी गरे ।

सरकारले विदेशी लगानी भित्र्याउन भन्दै कानुन समेस संशोधन गरेको अवस्थामा खासगरी पूर्वाधार क्षेत्रमा लगानीको अवसर सिर्जना हुने विश्वास लिइएको छ।

‘सार्वजनिक निजी साझेदारी तथा लगानी बोर्ड ऐन ल्याइसकेका ल्याइसकेको अवस्थामा एकल विन्दु सेवा केन्द्र पनि सञ्चालनमा आएको छ। विदेशी लगानी भित्र्याउन सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलन पनि गरेको थियो।

यसले सकारात्मक सन्देश दिएकोले विदेशी लगानीकर्ता आकर्षित भएको सरकारी पक्षको दाबी छ।  केही ठूला आयोजनामा अन्तर्राष्ट्रिय लगानीकर्ताले लगानी गर्ने इच्छा देखाइसकेको सरकारी अधिकारीहरु बताउँछन्।

नेपाली व्यवसायलाई प्रवर्द्धन गर्नु, रोजगारी सिर्जना गर्ने र उत्पादनका लागि लगानीको सिर्जनाको अवसर प्रदान गर्नु फोरमको आयोजना गरेको दूतावासले जनाएको छ । नेपालको राजनीतिक स्थिरता, ऊर्जा सुरक्षा र सरकारको प्रयासद्वारा कानुनी सुधार गरिसकेकाले नयाँ गतिशीलताले फाइदा लगानीकर्ताले लिन सक्ने अधिकारीहरूले बताएका छन् ।

नेपालका लागनी जर्मन राजदूत रोलान्ड सेफरले पनि नेपालमा लगानी गर्न आह्वान गरे । ‘नेपालमा लगानीको वातावरण बनेको छ,’ उनले भने, ‘त्यो जानकारी गराउने उद्देश्यले पहिलो पटक यो कार्यक्रम गरिएको हो ।’

नेपाल–जर्मन चेम्बर अफ कमर्सका अध्यक्ष अनुप मल्लले पहिलोपटक नेपालमा लगानीका सम्भावित क्षेत्रहरूको विषयमा चर्चा गरेका थिए । ‘सरकारले निजी क्षेत्रको लगानीका लागि प्रतिबद्धता जनाइसकेको छ। ‘मुलुक र अर्थतन्त्रका लागि निजी क्षेत्र नै नेपाल सरकारको प्राथमिकता छ । पर्यटन र जलविद्युत् क्षेत्र सम्भावना भएको क्षेत्र हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्याललले जर्मन नेपालका लागि ठूलो व्यापारिक साझेदार रहेको बताए । नेपालमा लगानी बढाउन उनले लगानीकर्तालाई अनुरोध गरे ।

नेपाल इकोनमिक फोरमका संस्थापक सुजिव शाक्यले भारत र चीनजस्ता विशाल अर्थतन्त्र भएको मुलुकको बीचमा रहेको नेपालमा लगानी गरेर फाइला दिने आधारहरू रहेको बताए । उनले नेपालका सम्भावना र जोखिमका क्षेत्रहरूको विषयमा लगानीकर्ताहरूलाई जानकारी गराएका थिए ।

 

 

000



प्रकाशित: २०७६ आश्विन २२
October 9th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार