नेपाली समय: ०९:४८:१३ राती
वि.सं २०७६ मंसिर २९   आइतबार

चिनियाँ राष्ट्रपति सी २५ गते काठमाडाैं आउने पक्का

निर्माण सञ्चार, २२ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ यही २५ गते शनिबार काठमाडाैँ आउने पक्का भएकाे छ। परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने र २६ गते फर्किने जानकारी दिएको छ।

जारी गरिएकाे विज्ञप्तिमा भनिएको छ, ‘नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँले २५ र २६ गते नेपाल भ्रमण गर्दै हुुनुहुन्छ ।’ यसअघि राष्ट्रपति सी २७ असोजमा नेपाल आउने भनिएपनि भ्रमण २ दिन छिटो हुन लागेको हो।

मन्त्रालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी चिनफिङ २५ असोजदेखिको दुई दिने राजकीय भ्रमणमा आउने तय भएको हो ।भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षी भण्डारीसँग भेटवार्ता गर्नेछन् ।

सीको सम्मानमा राष्ट्रपति भण्डारीले रात्रीभोजको आयोजना गर्ने परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक भेट हुनेछ । सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुने पनि जनाइएको छ ।

सीले नेपालका वरिष्ठ नेताहरूसँग पनि भेट गर्ने जनाइएको छ । यस्तै, भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा चिनियाँ राष्ट्रपति सीले २४ असोजमा भारतको राजकीय भ्रमण गर्ने उल्लेख गरेको छ। सी भारत हुँदै नेपाल आउने छन् ।

यता, करिब २२ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर नेपालीले तयारी तीब्र बनाएको छ । काठमाडौंका सडकहरु सिघाँरिएका छन् भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

 

OOO

पढौं यो पनि

चिनियाँ राष्ट्रपतिको भ्रमणको मिति नजिकिएसँगै तयारी व्यापक

 



प्रकाशित: २०७६ आश्विन २२
October 9th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार