नेपाली समय: ०१:५४:१८ बिहान
वि.सं २०७६ कार्तिक ३०   शनिवार

निर्माण ‘सहिद’ गौचनको दोस्रो स्मृति दिवसः महासंघले देशैभरि गर्यो श्रद्धाञ्जली सभा

निर्माण सञ्चार, २४ असोज, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना पूर्व अध्यक्ष शरदकुमार गौचनको दोश्रो स्मृति सभा गरेको छ । 
२३ गते बिहीबार महासंघले आफ्नै कार्यालय परिसर अनामनगरमा श्रद्धाञ्जली सभा आयोजना गरेको हो ।

२३ गतेकै दिन गत ०७४ असोजमा बानेश्वरस्थित आफ्नो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा गौचनलाई ठेक्कापट्टाभित्रै हुर्किइएका गुण्डा नाइके समीरमान सिंह बस्नेत समूहले गोली हानी हत्या गरेको थियो । जुन कुरा नेपाल प्रहरीले पुष्टि गरेको थियो ।

समीरमान सिंह गुण्डा नाइके घैंटे समूहकै निरन्तरता थिए । घैंटेलाई ‘क’ वर्गकै भनिएका ठूला ठेकेदारहरुले नै हुर्काएका थिए । गौचन हत्या प्रकरणमा दोषी ठहरिएका उनीहरु यतिबेला जेल जीवन व्यतीत गरिरहेका छन् ।

हुलाकी लगायत विभिन्न ठेक्का बापत्को कमिसन मामलामा गौचनको हत्यासम्मको योजना बनेको प्रहरीले पुष्टि गरेको थियो ।

महासंघले आयोजना गरेको स्मृति सभामा वक्ताहरुले स्वर्गीय गौचनको योगदानको चर्चा भएको थियो ।

महासंघका कार्यवाहक अध्यक्ष निकोलस पाण्डेले नेपालको निर्माण क्षेत्रलाई समृद्ध बनाउने गौचनको सपनालाई मूर्त रुप दिएमा उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राखेका थिए भने पूर्व अध्यक्ष तथा सल्लाहकार रमेश शर्माले नेपालको निर्माण क्षेत्रमा गौचनको अभाव सधैं महसुस भइरहने बताएका थिए ।

महासंघका पूर्व अध्यक्ष तथा सल्लाहकार जयराम लामिछानेले निर्माण व्यवसायीहरुको विकासका लागि गौचनले सधैं त्याग मात्र गरेको बताएका थिए । उनले अहिले पनि निर्माण व्यवसायीहरुमाथि सुरक्षा खतरा रहेको तर्फ सरकारको ध्यानाकर्षण गराएका थिए ।

समीरमान सिंह गुण्डा नाइके घैंटे समूहकै निरन्तरता थिए । घैंटेलाई ‘क’ वर्गकै भनिएका ठूला ठेकेदारहरुले नै हुर्काएका थिए । गौचन हत्या प्रकरणमा दोषी ठहरिएका उनीहरु यतिबेला जेल जीवन व्यतीत गरिरहेका छन् 

महासचिव रोशन दाहाल, नीतिगत उपमहासचिव टंकप्रसाद चौलागाई लगायतले गौचन सबै निर्माण व्यवसायीहरुको सच्चा अभिभावक भएको बताएका थिए । 
द्विवार्षिकी स्मृति सभामा एक मिनेट मौन धारण सहित उनको अर्धकदको शालिकमा गौचन पत्नी आशा गौचनद्वारा माल्र्यापण गरिएको थियो ।

महासंघले गौचनको दोश्रो स्मृति दिवस विशेष देशैभर आआफ्ना जिल्ला र प्रदेश संघहरु मार्फत् विविध कार्यक्रम गरी मनाइएको बताएको छ ।

०००



प्रकाशित: २०७६ आश्विन २४
October 11th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार