नेपाली समय: ०१:४७:४४ बिहान
वि.सं २०७६ कार्तिक ३०   शनिवार

नेपाल–चीनबीच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षरः पूर्वाधार, सहरी विकास सहितका १८ बुँदामा केके छन् सम्झौताहरु ?

निर्माण सञ्चार, २६ असोज, काठमाडौं । नेपाल र चीनबीच बसेको उच्च स्तरीय सरकारी वार्ता पछि १७ वटा बुँदाको समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उक्त सम्झौतापत्र आदान प्रदान भाएको हो ।

काठमाडौं महानगरपालिका–चीनको नान्सी सहर र बुटवल उपमहानगरपालिकासँग सियान सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति
 

होटल सोल्टीमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल र सी को नेतृत्वमा चिनियाँ प्रतिनिधि मण्डलबीच उच्चस्तरीय वार्तापछि  १७ समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

यो सम्झौता लगत्तै राष्ट्रपति सी स्वदेश फर्कने तयारीमा छन्।

के के छन् आधारभूत सहमतिका बुँदाहरु ?

हस्ताक्षर पत्रमा रसुवागढी–काठमाडौं र तातोपानी–काठमाडौ सडक स्तरोन्नती, टोखा– छहरे सुरुङमार्ग, मदन भण्डारी विश्व विद्यालय, कर्णाली करिडोरलगायतका  विषय समावेश गरिएका छन्। 

केरुङ–काठमाडौ रेलमार्गको डीपीआर तहको अध्ययनको विषय पनि सहमति पत्रमा रहेको छ। वार्तापछि शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार निर्माण तथा लगानीका क्षेत्रका विषयमा सम्झौता समेटिएको उच्च स्रोतले बतायो ।

सम्झौता पत्रमा सहरी विकास समेटिएको छ । जसमा काठमाडौं महानगरपालिका र नान्सी शहर तथा बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता पनि भएको स्रोतको भनाइ छ ।

समझदारीपत्रमध्ये ४ वटामा दुई देशका परराष्ट्रमन्त्रीस्तरीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

सम्झौता पत्रमा हस्तक्षर पछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली
अर्थ मन्त्रालयसँग तीन वटा, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, राष्ट्रिय योजना आयोग, लगानी बोर्ड, काठमाडौं महानगरपालिकालगायत विभिन्न निकायसँग सम्झौता भएको हो । 

को को थिए सहमतिको समयमा ?

वार्ता समाप्तभएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८  समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ । 

हस्ताक्षरपछि ती समझदारीपत्र दुवै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका लागि चिनियाँ राजदूतले आदानप्रदान पनि गरेका थिए । 

प्रधानमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधारमन्त्रीका साथै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र मामिला सल्लाहकारसहित नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकारी तथा  राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ यी, अर्थ सचिव नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत उच्च चिनियाँ अधिकारी सहभागी थिए । 

शनिबार अपराह्न नेपाल आएका राष्ट्रपति सीको नेपाल भ्रमण उत्साहजनक रहेको प्रतिक्रिया छ । २३ वर्ष पछि चिनियाँ राष्ट्रपति तहको भ्रमणलाई नेपालमा उच्च मूल्यांकन गरिएको छ ।

राष्ट्रपति सी तथा प्रधानमन्त्री ओली सहितको नेपाल तथा चीन उच्चस्तरीय वार्ता
सम्झौता पत्रमा हस्तक्षर पछि काठमाडौं महनगरपालिका प्रमुख र नेपालका लागि चिनियाँ राजदूत
सम्झौता पत्रमा हस्तक्षर पछि काठमाडौं बुटवल उपमहनगरपालिका प्रमुख र नेपालका लागि चिनियाँ राजदूत
 

०००

पढौं यी पनि

 



प्रकाशित: २०७६ आश्विन २६
October 13th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार