नेपाली समय: ०२:५९:२९ बिहान
वि.सं २०७६ कार्तिक ३०   शनिवार

रेल–वेको सम्भाव्यता अध्ययन, ५६ अर्बको आर्थिक सहयोग सहितका यी हुन् नेपाल–चीन बीच भएका सहमतिका मुख्य बुँदाहरु (सूची सहित)

निर्माण सञ्चार, २६ असोज, काठमाडौं । दुई दिने औपचारिक भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनफिङ र नेपालका कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देश बीच महत्त्वपूर्ण २० बुँदे समझारी पत्रमा हस्ताक्षर भएको छ ।

होटेल सोल्टीमा भएको राष्ट्रपतीय स्वागतमा राष्ट्रपति सीले ३ वर्षमा आउने गरी नेपाललाई ५६ अर्ब रुपियाँ आर्थिक सहयोगको समेत घोषणा गरेका थिए । राष्ट्रपति भण्डारीसँग द्विपक्षीय वार्ताका क्रममा उनले यो सहयोगको घोषणा गरेका हुन् । त्यस्तै, सडकसँगै रेलमार्ग निर्माणमा पनि सघाउने वचन चिनियाँ राष्ट्रपति सी जिनपिङले दिएका छन्

भ्रमणको दोस्रो दिन राष्ट्रपति सी स्वदेश फर्कनु अघि दुई लेटर अफ एक्सचेञ्ज सहित १८ बुँदे समझदारी पत्रमा दुई देशका प्रतिनिधिहरुले हस्ताक्षर गरेका हुन् ।

राष्ट्रपति सी र प्रधानमन्त्री ओली सहित दुई देशका सरकारी उच्च प्रतिनिधि मण्डलहरु बीचको वार्ता पछि उक्त सहमति भएको थियो  । 

रेल–वे सम्भाव्यता अध्ययन गरिने, सडक पूर्वाधारमा पनि सहयोग

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच नेपाल चीन सीमापार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएको छ । 

२५ गते शनिबार नेपाल आएका चिनियाँ राष्ट्रपति सीले रात्रीभोजलाई सम्बोधन गर्ने क्रममा रेल्वेको सभाव्यता अध्ययन गरिने घोषणा गरेका थिए ।

होटेल सोल्टीमा भएको राष्ट्रपतीय स्वागतमा राष्ट्रपति सीले ३ वर्षमा आउने गरी नेपाललाई ५६ अर्ब रुपियाँ आर्थिक सहयोगको समेत घोषणा गरेका थिए । 

राष्ट्रपति भण्डारीसँग द्विपक्षीय वार्ताका क्रममा उनले यो सहयोगको घोषणा गरेका हुन् । त्यस्तै, सडकसँगै रेलमार्ग निर्माणमा पनि सघाउने वचन चिनियाँ राष्ट्रपति सी जिनपिङले दिएका छन् । 

४ किमि लामो टोखा–छहरे, २० किमि लामो बेत्रावती–स्याफ्रुबेँसी सुरुङमार्ग बनाउन चीनको सहयोग

चीनले केरुङबाट काठमाडौं जोड्ने सडक निर्माणलाई उच्च प्राथमिकता दिएको छ । 

करिब २४ किलोमिटर लम्बाइ समेट्ने दुई सुरुङ बनाएर सडक स्तरोन्नति गर्न चीनले नेपाललाई सघाउने भएको छ । योसँगै काठमाडौंको टोखाबाट नुवाकोटको छहरेसम्म एउटा सुरुङमार्ग खोल्नेबारे सहमति भएको सरकारी अधिकारी बताउँछन् ।

सडक विभागका अनुसार टोखा–छहरे सुरुङमार्ग करिब ४ किलोमिटर लामो हुनेछ । त्यस्तै, रसुवाको बेत्रावतीबाट स्याफ्रुबेँसी जोड्ने अर्को सुरुङमार्ग पनि चिनियाँ सहयोगमा निर्माण हुनेछ । 

२० किलोमिटर लामो यो सुरुङमार्ग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चासो पूर्वक ‘डिल’ गरेको थियो । यी आयोजना र सुरुङ मार्गको अध्ययन  समझदारीपत्रमा हस्ताक्षर भएसँगै सुरु हुने अधिकारीहरु बताउँछन् ।

 स्रोतहरुका अनुसार चिनियाँ राष्ट्रपति सीले केरुङ–काठमाडौं रेलमार्ग निर्माणमा सहयोग गर्ने वचन दिएका छन् । 

राष्ट्रपति विद्या भण्डारीसँग राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटवार्तामा सीले केरुङ हुँदै काठमाडौं जोड्ने रेलमार्ग निर्माण चुनौतीपूर्ण भए पनि चीनले सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सोही अनुसार रात्रि भोज सम्बोधन क्रममा उनले यो घोषणा गरेका थिए ।

स्मरणीय के छ भने– चीनको केरुङबाट काठमाडौंसम्म ल्याउने भनिएको रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन भने यसअघि नै भइसकेको छ । पूर्वसम्भाव्यता अध्ययन टोलीले भौगोलिक कठिनाइ र खर्चिलो हुने भए पनि रेलमार्ग बनाउन असम्भव भने नभएको निष्कर्ष निकालेको थियो । चिनियाँ टोलीको अध्ययन पछि नेपाली मन्त्रालय स्तरका अधिकारीहरु बीच पनि यस बीचमा पटक पटक उठबस भइसकेका छन् ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख भएका बुँदा यस प्रकार छन्–

१. सीमा व्यवस्थापन प्रणालीको लागि सम्झौता

२. सुशासन क्षमता बृद्धिका लागि समझदारी

३. अपराध सम्बन्धी आपसी कानुनी सहायताको लागि सम्झौता

४. सगरमाथा संरक्षणको लागि समन्वय गर्न समझदारी

५. राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच लगानीका प्रमुख परियोजनाको प्रवर्द्धन र उत्पादनमूलक क्षमतामा समन्वयनको लागि समझदारी ।

६. चीनको छेन्दुमा नेपालको कन्सुलेट जेनेरल राख्नको लागि नोट आदानप्रदान ।

७. चीन–नेपाल अन्तरदेशीय रेल पयिोजनाको सम्भाव्यता अध्ययनको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच समझदारी ।

८. काठमाडौं महानगरपालिका र चीनको नानजिङ सिटीबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति ।

९. बुटवल उपमहानगरपालिका र चीनको जियाङ सिटीबीच भगिनी सम्बन्ध स्थापनाको सहमति ।

१०. परम्परागत औषधि सम्बन्धी सहकार्यको लागि स्वास्थ्य मन्त्रालय र चीनको राष्ट्रिय परम्परागत औषधि प्रशासनबीच समझदारी ।

११. विपद् जोखिम न्यूनीकरण र आपत्कालिन सहायताको लागि गृह मन्त्रालय र चीनको आपत्कालिन व्यवस्थापन मन्त्रालयबीच समझदारी ।

१२. महान्यायाधीवक्ता कार्यालय र चीनको सुप्रिम पिपुल्स प्रोक्युरेटर्सबीच समझदारी ।

१३. त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस हेडक्वार्टरबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस ईन्स्टिच्युट स्थापनाको लागि सम्झौता ।

१४। नेपालबाट चीनमा सुन्तलालगायत फलफूल निर्यातको लागि आवश्यक प्रोटोकल

१५. व्यापार सम्बन्धी संयुक्त कार्यदल स्थापनाको लागि उद्योग मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच समझदारी ।

१६. नेपालमा चाइना एड अर्थक्वेक मनिटरिङ नेटवर्क प्रोजेक्टको लागि स्वीकार प्रमाणपत्र ।

१७. लगानी समन्वय कार्यदल स्थापनाको लागि अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच समझदारी ।

१८. सुरुङ निर्माण समन्वयको लागि अर्थ मन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास निकायबीच समझदारी ।

१९. सीमा सुरक्षा उपकरण र कार्यालय उपकरणको लागि पत्र आदानप्रदान ।

२०. काठमाडौं उपत्यकाको पानी वितरण सुधार परियोजनाको बैठकको माइन्युट ।

०००

पढौं यी पनि

...

समझदारी र सम्झौताका सूची: अंग्रेजी बुँदाहरु

List of Instruments Singed and Exchanged between Nepal and China

Agreement between the Governments of Nepal and the People’s Republic of China on the Boundary Management System

MoU between the Governments of Nepal and the People’s Republic of China on the Exchanges and Cooperation on Governance Capacity Building

Treaty between Nepal and the People’s Republic of China on Mutual Legal Assistance in Criminal Matters

MoU on Mount Sagarmatha/Zhumulangma Protection Cooperation between Nepal and China

MoU on Promoting Key Projects of Investment and Cooperation on Productive Capacity between the National Planning Commission of Nepal and the National Development and Reform Commission of the People’s Republic of China.

Exchange of Note for Setting up a Consulate General of Nepal in Chengdu

MoU between the Ministry of Physical Infrastructure and Transport of Nepal and the Ministry of Transport of the People’s Republic of China on Feasibility Study of China-Nepal Cross-Border Railway Project.

Agreement between Kathmandu Metropolitan City of Nepal and Nanjing City of the People’s Republic of China on the Establishment of Sister-City Relationship.

Agreement between Butwal Sub-Metropolitan City of Nepal and Xi’an City of the People’s Republic of China on the Establishment of Sister-City Relationship.

MoU on Cooperation on Traditional Medicine between the Ministry of Health and Population of the Government of Nepal and the National Administration of Traditional Chinese Medicine of the People’s Republic of China.

MoU between the Ministry of Home Affairs of Nepal and the Ministry of Emergency Management of the People’s Republic of China Regarding Cooperation in Disaster Risk Reduction and Emergency Response.

MoU on Cooperation between the Supreme People’s Procurator of the People’s Republic of China and Office of the Attorney General of Nepal

Agreement between Tribhuvan University of Nepal and Confucius Institute Headquarters of China on the Establishment of Confucius Institute at Tribhuvan University.
Protocol of Phytosanitary Requirements for the Export of Citrus Fruits from Nepal to China between Department of Agriculture of the Government of Nepal and General Administration of Customs of the People’s Republic of China.

MoU between the Ministry of Industry, Commerce and Supplies of the Government of Nepal and the Ministry of Commerce of the People’s Republic of China on the Establishment of Joint Working Group on Trade

Delivery and Acceptance Certificate for the China-Aid Earthquake Monitoring Network Project in Nepal

MoU on Establishment of Investment Cooperation Working Group between the Ministry of Finance of Nepal and the Ministry of Commerce of the People’s Republic of China

MoU between the Ministry of Finance of Nepal and China International Development Cooperation Agency on Tunnels Construction Cooperation

Exchange of Letter for Border Security Equipment and Office Equipment

Minutes of Meeting for Feasibility Investigation of China-Aid Municipal Water Supply Improvement Project in Kathmandu Valley of Nepal

 

 

 



प्रकाशित: २०७६ आश्विन २६
October 13th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार