नेपाली समय: ०२:१९:२० बिहान
वि.सं २०७६ कार्तिक ३०   शनिवार

प्रकृतिक विपदामा डुबेको जापानः तस्वीरमा हेरौं ‘हगिबिस’ आँधीले डुबाएको देश

निर्माण सञ्चार, २७ असोज, एजेन्सी । प्राकृतिक विपदाले जोखिममा परिरहने मुलुक जापान पनि हो । यतिबेला जापानी नागरिक ६० वर्ष पछि आएको शक्तिशाली सामुद्रिक आँधी ‘हगिबिस’सँग जुधिरहेका छन् । 

जापानी बस्ती डुबेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले देखाइरहेका छन् । जापानका धेरै स्थानमा अहिले बचाउ तथा सफाई अभियान सञ्चालन भइरहेका छन् । 

के छ पछिल्लो अपडेट ?

  • ६० वर्ष यताको शक्तिशाली आँधीः ३७ को मृत्यु, १७ हराइरहेका, १८९ घाइते
जापानी सञ्चार माध्यमहरुले जनाए अनुसार हालसम्म आँधीमा मृत्यु हुनेको संख्या ३७ पुगेका छन् । जापानी ब्रोडकाष्टिङ संस्था एनएचके अनुसार १७ जना हराइरहेका छन् भने आँधीका कारण १८९ घाइते छन् । 

जापानी मौसम विज्ञान शाखाले दिएको जानकारी अनुसार ‘वर्षभरि पर्ने पानीको ४० प्रतिशत वर्षा एक वा दुई दिनमै झरेको थियो ।’

जापानको भूमि तथा यातायात मन्त्रालयले २१ जलमार्गका तटबन्ध भत्किएको बताएको छ । धेरै स्थानमा सडकहरु पूर्ण रुपमा हिलो माटोले पुरिएका छन् । 

प्रभावित क्षेत्रका घरहरु दुईदेखि तीन मिटरसम्म पानीमा डुबेका छन् भने सडकमै रेल र गाडीहरु डुबेको अवस्थामा पाइएको छ । 

प्रभावित क्षेत्रमा सोमबार थप वर्षाको पूर्वानुमान भएसँगै मानव बचाउ अभियान तीव्र पारिएको छ । सुरक्षित गन्तव्यका लागि सरकार लागिरहेको छ ।

सरकारी अधिकारीहश्रले नदीनाला छेउका बासिन्दालाई सतर्क रहन अलर्ट गराइरहेका छन् । 

जापानको प्राकृतिक विपदा माथि विश्वबाटै चासो र चिन्ता व्यक्ति भइरहेको छ । 

०००

 

तस्वीर स्रोतः अन्तर्राष्ट्रिय समाचार संस्थाहरु, रोयटर्स/REUTERS



प्रकाशित: २०७६ आश्विन २७
October 14th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार