नेपाली समय: ११:२२:३२ राती
वि.सं २०७६ मंसिर १९   बिहीवार

हेभिइक्विपमेन्ट अध्यक्ष ताराबहादुर कुँवरलाई डेंगुः ‘चक्रपथ सफाइ अभियान गर्दागर्दै लामखुट्टेले टोकेछ ए हजुर !’

निर्माण सञ्चार, १ कात्तिक, ०७६, काठमाडौं । हेभिइक्विपमेन्ट व्यवसायी महासंघ नेपालका अध्यक्ष तथा चक्रपथ सरसफाइ अभियान्ता ताराबहादुर कुँवरलाई डेंगु सक्रमण भएको छ ।

गत हप्ता शनिबार ११४ औं हप्ता चक्रपथ सरसफाइ अभियान सञ्चालन गरेर घर फर्के लगत्तै उनलाई ज्वरो आएको थियो । परिवार स्रोत अनुसार सोही दिन अस्पताल चेकजाँच पछि डेंगु लागेको खुलेको हो । 

उपचार क्रममा उनी यतिबेला औषधी सहित पानी पिएर आराम गरिरहेको बताउँछन् । 

उनले भने, ‘यसको अरु औषधि पनि हुने रहेनछ । सिटामोल खाने र पानी पिउने गरी आराम गरिरहेको छु, हजुर ।’ यतिबेला केही कमी भएको उनले बताए ।

डेंगु कसरी भएछ भन्ने प्रश्नमा अध्यक्ष कुँवरले भने, ‘११४ हप्ते चक्रपथ सरसफाइ अभियान थियो । आफू अगुवा परियो । चक्रपथ सफाइ गरेको त भ्याएछ लामखुट्टेले ।’

पछिल्ला दिनमा ठूला नेता र मन्त्रीहरु नै डेंगुबाट संक्रमित बनेका थिए । डेंगु संक्रमण दिनदिनै बढिरहेको अवस्था छ ।

अध्यक्ष कुँवरका अनुसार ‘ठुला नेता र मन्त्रीहरु समेतलाई डेंगु भएपछि डेंगु संक्रमण हुने जति त सबै ठूलै पर्ने होलान् नि हैन हजुर ?’ डेंगु लागेपछि मैले त आफू पनि ठूलै परिएछ भन्ने ठानेको छु,’ व्यङग्य गर्दै उनले भने ।

आउने कात्तिक अन्तिम साता महासंघको साधारण सभा सहित नयाँ नेतृत्व परिवर्तनका लागि होमिएको हेभिइक्विपमेन्ट व्यवसायी महासंघको तयारी भने सुस्ताएको छ । अन्य पदाधिकारीहरु पदका लागि मात्रै दौडने प्रवृत्ति बढेकाले तयारीका लागि कसैले पनि चासो नदिएको भन्दै अध्यक्ष कुँवरले चिन्ता व्यक्त गरे ।

०००

पढौं यी पनि



प्रकाशित: २०७६ कार्तिक १
October 18th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार