नेपाली समय: ०४:४५:३५ बिहान
वि.सं २०७६ मंसिर ४   बुधवार

थाईल्याण्डका जाने खेलाडीलाई विदाई

निर्माण सञ्चार, १ कात्तिक, ०७६, जुम्ला । आगामी कार्तिक ७ देखि १२ गते सम्म थाईल्याण्डमा हुने नर्वौ ट्याक अन्तराष्ट्रिय तेकान्दो प्रतियोगितामा सहभागी हुने जुम्लाका चार खेलाडीलाई विदाई गरिएको छ ।

जुम्लाबाट काठमान्डौ सम्म जाने भाडा सहित जिल्ला खेलकुद विकास समितिले शुक्रबार विदाई गरेको समितिका कार्यालय प्रमुख बरम बहादुर महतले बताए  ।

उनका अनुसार चार जना खेलाडी सहित एक जना प्रशिक्षक गरी पाँच जना नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्यि तेकान्दो प्रतियोगितामा भाग लिन थाईल्याण्ड जान लागेका हुन् ।

३४ राष्टले सहभागिता जनाउने उक्त अन्तराष्ट्यि प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै जुम्ला गुठीचौर गापालिका ३ का मंगल कामी, गुठिचौर ५ कै पोषण न्यौपाने, चन्दननाथ नगरपालिका ५ की अस्मीता सुनार र तिला गाउँपालिका ३ का सर्पेन्द्र भट्टराईलाई विदाई गरिएको छ । साथमा प्रशिक्षक लाल बहादुर रोकायालाई समेत पठाइएको छ ।

भने पाँचजनालाई काठमान्डौ सम्मका लागि भाडा वापत जनही तीन हजार समेत प्रदान गरिएकाृे कार्यालय प्रमुख महतले जानकारी दिए  । कार्तिक ७ गतेबाट थाइल्याण्डमा सुरु हुने उक्त प्रतियोगितामा मंगल कामीले ३४ किलो, पोषण न्यौपाने ३८ किलो, अस्मिता सुनार ३७ किलो र  सर्पेन्द्र भट्राईले ३७ किलोमा प्रतिष्प्रधा गर्ने भएका छन् ।

गुठिचौर ३ का मंगल कामीलाई काठमान्डौ जानका लागि आबश्यक रकम अभाव हुँदा चन्दा उठाएर एक लाख रकम जम्मा गरी दुईहप्ता अघि हस्तान्तरण समेत गरिएको थियो ।

नेपालकै प्रतिनिधित्व गरी थाईल्याण्डमा सहभागीता जनाउन जान लागेपनि सरकारी स्तरबाट कुनै सहयोग प्राप्त नभएको प्रशिक्षक लाल बहादुर रोकायाले गुनासो गरे । तर पनि चारजना खेलाडी कुनै स्थान ल्याएर समग्र नेपालको नाम विश्व सामु चिनाउने उनको दाबी छ ।

 

 



प्रकाशित: २०७६ कार्तिक २
October 19th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्