नेपाली समय: ०५:३५:१६ बिहान
वि.सं २०७६ मंसिर ४   बुधवार

ठगी गर्ने व्यवसायीलाई जरिवाना

निर्माण सञ्चार, २ कात्तिक, ०७६, काठमाडौं । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग​ले चाडपर्वका बेला ठगी गर्ने १७४ व्यवसायीलाई जरिवाना गरेको छ। जरिवानाबापत् विभागले यस आर्थिक वर्षमा २४ लाख ४७ हजार रुपैयाँ संकलन गरेको छ।

विभागले साउनदेखि बिहीबारसम्म ४०१ वटा व्यवसायमा अनुगमन गरेको थियो, जसमध्ये १ सय ७४ पसललाई जरिवाना, ४५ पसललाई सिलबन्दी तथा रोक्का, ९ वटा पसलबाट नमूना संकलन गरिएको छ। यस्तै २ सय २२ वटालाई स्पष्टीकरण सोधिएको तथा २ वटा व्यवसायमाथी कालो बजारी अभियोगमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए।

यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफू ठगिएको सूचना दिन उपभोक्ता गुनासो कक्षा सञ्चालनमा ल्याउने भएको छ। जनताले सिधै मन्त्रालयमा खबर गर्न सक्ने गरी सहायता कक्ष सञ्चालनको तयारी भएको मन्त्रालयले जनाएको छ।



प्रकाशित: २०७६ कार्तिक २
October 19th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार