नेपाली समय: ११:१२:२१ राती
वि.सं २०७६ मंसिर १९   बिहीवार

नेपाल औषधि उत्पादक संघको नयाँ कार्यसमितिः अध्यक्ष बने जी नारायणबहादुर क्षेत्री

निर्माण सञ्चार, ३ कात्तिक, काठमाडौं । नेपाल औषधि उत्पादक संघको अध्यक्षतामा टाइम फर्मास्युटिकल्सका जी नारायणबहादुर क्षेत्री विजयी भएका छन् । 

सघंको २५ औं वार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा १४ सदस्य नयाँ कार्यसमिति निर्वा्चित गरेको हो ।  

कार्यसमितिमा कोको ?

कार्य समितिको वरिष्ठ उपाध्यक्षमा महेष प्रधान (ओम्निका ल्याबोरेटोरी), उपाध्यक्ष सन्तोष बराल (आदि रिमेडिज), त्यस्तै माहासचिबमा बिप्लब अधिकारी (इनोभेटिक फर्मास्युटिकल्स) र कोषाध्यक्ष प्रभात रुङ्गाटा (मारुति फर्मा) रहेका छन् भने आमनत्रीत सदस्यमा प्रज्वल जङ्ग पाण्डे (लोमस फर्मास्युटिकल्सं) सदस्यहरु क्रमशः बिजय राज शाक्य (फ्लोरिड ल्याबोरेटोरिज), दिपेन्द्र प्रधान (सिटिएल), पृथिवी राजभण्डारी (क्वेष्ट), सुबर्ण भक्त जोशि (अलाइभ) र प्रेम जाटिया रहेका छन् । 

प्रमुख अतिथिका रुपमा साधारण सभामा सहभागी उप–प्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपाली औषधिको उच्च परिमाणको उत्पादन र बजार विकासमा सरकार र निजी क्षेत्र दुवै लाग्नु पर्ने बताएका छन् । 

किनकि यस्तै प्रयासबाट छिमेकी मुलुक बगंलादेश सार्क राष्ट्र मध्ये कै भारत पछिको ठुलो औषधि निर्यात कर्ताको सूचीमा पर्न सफल हुँदै गएको उनले सुनाए ।

त्यसरी नै नेपालले  निरन्तर कोसिस गरेमा विश्व बजारमा नेपाली औषधि निर्यात गर्न सफल हुनेमा स्वास्थ्य मन्त्री यादव विश्वस्त रहेको दाबी गरेका छन् । 

तस्वीरमा निर्वाचित पदाधिकारीहरु
विश्लेषकहरु अनुसार मन्त्री स्तरमा बोलेजस्तै कार्यान्वयन नभएकाले अहिलेसम्म समस्या रहेको छ । यसका लागि सरकारी नीतिगत सहयोग सहित उत्पादकहरूमा दृढ इच्छा शक्ति हुनु पर्ने आलोचकहरु औंल्याउँछन् ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासघंका वस्तुगत तर्फका उपाध्यक्ष उमेश लाल श्रेष्ठले आत्मनिर्भर भैसकेका औषधि आयात नियन्त्रण सरकारी भनाईमा समिति रहेकोले यसतर्फको बजार विकासमा त्यस्ता औषधिलाई सरकारले काउन्टर भेलिङ वा एण्टी डम्पीङग ड्युटी जस्ता उपकरण प्रयोग गरी आयात नियन्त्रण गर्नुपर्न बताए ।

 

OOO



प्रकाशित: २०७६ कार्तिक ३
October 20th 2019

सुब्रत मनु

सुब्रत मनु, नेपाली अर्थतन्त्र, अर्थबजार आदिमा केन्द्रित पत्रकारित गर्छन्